१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज शिक्षक महासंघले जारी गर्याे विज्ञप्ति, अभिव्यक्ति सच्याउन माग


११ भाद्र २०७६, बुधबार  

0
Shares

20190828_143933
गाैरीगंज ११, भदाै/ गाैरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले संचारमाध्यममा दिएकाे अभिव्यक्तप्रति नेेेेेपाल शिक्षक महासंघ गाैरीगंजले आपत्ति जनाएकाे छ ।
महासंघ गाैरीगंजले आज एक विज्ञप्ति प्रकाशित गरि गापा अध्यक्ष श्रेष्ठले एमएम प्लस गाैरादहमा दिएकाे अभिव्यक्ति सम्पुर्ण शिक्षकहरूकाे मान मर्दन भएकाे ठहर गर्दै शिक्षा ऐन र शिक्षा नियमावली विरूद्व रहेकाे ध्यानाकर्षण गराएकाे छ । गाउँपालिका अध्यक्ष जस्ताे गरिमामय पदमा आसिन व्यत्तिले शिक्षकहरूलाई दण्ड र सजायकाे व्यवस्था चाेकमा गर्ने भन्नू अध्यक्षकाे अधिकारभित्र नरहेकाे भन्दै अभिव्यक्ति नसच्चाए आन्दाेलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमा जनाएकाे छ ।
नेपाल शिक्षक महासंघ गाैरीगंजका अध्यक्ष हरिलाल यादवकाे हस्ताक्षरित विज्ञप्तिमा नेपालकाे हरेक शैक्षिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनमा शिक्षकहरूकाे अमुल्य त्याग र वलिदान गरेकाे भन्दै शिक्षा ऐन र नियमावली बमाेजिम शिक्षकलाई दण्ड र सजाय हुनुपर्ने माग गरिएकाे छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ९ : २० बजे