१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संविधान दिवसमा प्रदेश १ ले झण्डोत्तोलन गर्ने


३ आश्विन २०७६, शुक्रबार  

0
Shares

20190920_074142

विराटनगर ३, असाेज/ संविधान दिवसको दिन प्रदेश १ सरकारले ठुला आकारका राष्ट्रिय झण्डा प्रदेशका सबै जिल्ला सदरमुकाम र विशेष महत्वका स्थानमा फहराउने गरी स्थायी प्रबन्ध गरेको छ ।
राष्ट्रिय एकताको प्रतिकका रुपमा रहेको नेपालको गौरवशाली राष्ट्रिय झण्डाको यसपाली व्यापक प्रयोग हुने भएको हो । संविधान दिवसको अवसरमा मुख्यमन्त्री शेरधन राईले विराटनगर बिमानस्थलम र त्यसपछि महेन्द्र चोकमा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै रानीमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिए ।
नगरिक तहमा पनि झण्डोतोलन
परिवर्तनका लागि हाम्रो अभियानले बुढीगंगामा एक हजार राष्ट्रिय झण्डा गाड्ने भएको छ । चौथो संविधान दिवसको अवसरमा झण्डा बितरण गर्न लागेको हो । सातवटा वडाका चौध वटा चोकमा एक हजा राष्ट्रिय झणडा बितरण गर्न लागेको अभियानकी सचिव रिता न्यौपानेले जानकारी दिईन् । आजै टंकीसिनवारी चोकमा दिप प्रज्वलन गर्ने जनाएको छ । बिहान ८ बजेदेखि कोयलपुर, शनिहाट चोक, आदिवासी चोक, सृजना चोक, हात्तिमुडा चोक, गोकुवा चोक (माथिल्लो), मनमोहन चोक, तल्लो गोकुवा चोक, बासवारी चोक, मिलनचोक, बौराहा, अमाही र पुस्पलाल चोक झण्डा बितरण गर्ने अभियानले जनाएको छ । त्यस्तै टंकी चोकमा दीप प्रज्वलन सहित समापन गरिने न्यौपानेले बताईन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १ : ५७ बजे