१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जग्गा व्यवस्थापन गर्न स्थानियसंग छलफल


२९ भाद्र २०७६, आइतबार  

0
Shares

photo2

गौरीगंज २९, भदौ / भारतसगैँ सीमा जोडिएको गौरीगंज गाउँपालिका स्थित आठमौजा छोटी भन्सार कार्यालयको स्तरोन्नती गरी भन्सार नाका स्थापना गर्न स्थानीयबासीसंग पहिलो चरणको छलफल भएको छ । भन्सार नाका बनाउन कम्तिमा १५ कठ्ठा देखि १ विघासम्म जग्गाको आवश्यकता रहेकोले जग्गाको व्यवस्थापन गर्न आज स्थानीयवासीसंग गाउँपालिका वार्ड नं. ५ ले छलफल चलाएको हो ।
जग्गा व्यवस्थापन गर्दा बस्ती नै अन्यत्रै सार्नु पर्ने देखिएकोले स्थानीयहरुले जग्गाको उचित मुआब्जा सरकारले दिए मात्र गाउँ खाली गर्ने बताएका छन् ।
नाका स्थापना भए गौरीगंजको मुहार फेर्ने र आर्थिक गतिविधि बढेर सरकारको राजस्व पनि संकलन हुने स्थानिय श्यामनारायण सिंह गन्गाईले बताए । स्थानियहरुले पनि रोजगारीको अवसर पाउने र व्यापार व्यवसाय बढेर व्यक्तिको आर्थिक स्तर पनि उठ्ने भएकोले जसरी भएपनि यहाँ नाका बनाउनु पर्नेमा उनले जोड दिए । भारतीय सरकारले त्यहाँका जनतालाई मुआब्जा दिदा चलन चल्तीको जग्गाको दरभाउ भन्दा केन्द्र सरकारको भए सात गुणा र प्रदेश सरकारले चार गुणा बढी दिदै आएको बताउदै तर नेपाल सरकारले त्यस्तो नदिएकोले स्थानियले जग्गा दिनमा डराएको उनले बताए । स्थानीय जत्रुप्रसाद गन्गाईले जग्गाको व्यवस्थापन गर्दा स्थानियलाई उचित मुआब्जा दिई सरकारले जग्गा अधिग्रहण गर्दा आफुहरुलाई कुनै आपत्ति नरहने बताए । कोही कोही मानिस गाउँ ब्लकको जग्गामा बर्षौ देखि बस्दै आएकोले उनीहरुलाई समेत स्थानिय सरकारले व्यवस्थापन गर्न उनले आग्रह गरे । नाका स्थापना हुनु यहा“को जनताको लागि ठुलो अवसर रहेकोले सबैले यसको फाइदा लिन पुर्व नेकपा एमालेका गाउँकमिटि अध्यक्ष रामकृष्ण पन्तले बताए । सिमा नजिकका गाउँ वस्तीमा चोरी, अवैध सामानको निकासी पैठारीमा नियन्त्रमण भई राजस्वमा पनि संकलन हुने भएकोले स्थानिाय जनता र सरकार सबैलाई फाइदा पुग्ने बताए । नेपाली कांग्रेसका प्रतिनिधी रत्न बहादुर राजवंशीले नाकाको लागि सिमा नजिक रहेको उत्तरपट्टिको जग्गामा नाका बस्दा स्थानियलाई सहज हुने धारणा राखे ।
छोटी भन्सारलाई स्तारोन्नति गरी भन्सारको रुपमा अगाडि बढाउने प्रक्रिया अघि बढि सकेकोले सबैले सहयोग गनुपर्ने गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । असोजको १५ गते भित्र निर्णय गरी माथिल्लो निकायमा पठाउनु पर्ने भएकोले स्थानियहरुसंग पहिलो चरणको छलफल चलाएको उनले बताए । शुरुमा कम्तिमा १५ कठ्ठा देखि १ विघा सम्म जग्गा चाहिने भएकोले जग्गा व्यवस्थापनका लागि स्थानियहरुको साथ र सहयोगको आफुले अपेक्षा गरेको अध्यक्ष श्रेष्ठले बताए । जग्गाधनीहरुलाई मुआब्जा दिने सवालमा स्थानिय सरकार सकारात्मक रहेकोले उचित मापदण्ड बनाई स्थानियलाई उठिवास नहुने हिसाबले जग्गाको व्यवस्थापन गर्ने कार्य अघि बढाउने उनले बताए ।
भन्सार नाका स्थापना भए यस क्षेत्रको मुहार फेर्ने र आर्थिक गतिविधि बढी रोजगारीको अवसर पनि सिर्जना हुने भएकोले भन्सार स्थापनामा स्थानिय सरकार र आफु व्यत्तिगत तर्फबाट लागि परेको बताए । दोस्रो चरणमा विभिन्न राजनीतिक दल र सरोकारवालासंग छलफल गरी असोज १५ गते भित्र निर्णय गरे सम्भव्त मंसिर महिनादेखि निर्माण कार्य शुरु हुने अध्यक्ष श्रेष्ठले बताए ।
नेपाल सरकारले अवैध सामाग्रीहरु नेपाल भारत सीमानामा आयात निर्यात नियन्त्रण गरी राजस्व संकलन गर्ने उद्देश्यले भन्सार कार्यालय स्थापना गरेपनि सोचे अनुसार राजस्व संकलन भएको देखिदैन । सीमा देखि करिब ३ किलोमिटर टाढा भन्सार कार्यालय रहेकोले कार्यालय नै नपुगि व्यापारीहरु अन्यत्रै बाटो प्रयोग गरी सामान भित्र्याउने गरेको छ । कार्यक्रममा वार्डनं. ५ का अध्यक्ष विजय प्रसाद सिंह, वडा सदस्यहरु राजेन्द्र ताजपुरिया, कैलीदेवी क्रिषिदेव, लीलादेवी गन्गाई, गौरीगंज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश प्रसाद भट्टराई लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ११ : १३ बजे