१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रहरी निरीक्षक खड्काकाेे विदाई, श्रेष्ठकाे स्वागत


१६ भाद्र २०७६, सोमबार  

0
Shares

20190902_172203

गाैरीगंज १६, भदाै/ सशस्त्र प्रहरी वल गाैरीगंजका प्रहरी निरीक्षक दिपक खड्कालाई आज विदाई गरिएकाे छ ।
सशस्त्र प्रहरी वलकाे प्राङ्गणमा आयाेजित कार्यक्रममा प्रहरी निरीक्षक खड्कालाई खादा ओढाएर ससम्मान विदाई गरिएकाे हाे । उनी एक वर्ष अघि सरूवा भएर गा‌ैरीगंज आउटपाेष्टमा आएका थिए । कार्यक्रममा गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले उनकाे कार्यकाल सफलता पुर्वक वितेकाेमा बधाई तथा शुभकामना दिएका थिए । ‘एक वर्षकाे कार्यकालमा प्रहरी निरिक्षक खड्काले गाैरीगंज क्षेत्रकाे शान्ति सुव्यवस्था, चाेरी तस्करी, सिमा सुरक्षा गर्नमा कुसलता पुर्वक आफ्नाे जिम्मेवारी निभाएकाेमा फेरि एक पटक म धन्यवाद दिन चाहान्छु ।’ – अध्यक्ष श्रेष्ठले भने ।
त्यसैगरि माेरङ्गकाे वेलबारीबाट सरूवा भई आउनु भएका प्रहरी निरीक्षक साइमन श्रेष्ठलाई स्वागत गरिएकाे छ । प्रहरी निरीक्षक श्रेष्ठलाई गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र थापा, वार्ड नं. ३ का अध्यक्ष तथा गाैरीगंज उधाेग वाणिज्य संघका अध्यक्ष मखना महताे, ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश प्रसाद भट्टराई, सचिव श्रवण गिरीलगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ११ : ४० बजे