३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

पत्रकार महासंघको तालिम सम्पन्न


१४ चैत्र २०७२, आइतबार  

0
Shares

भद्रपुर, चैत १४
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र जिल्ला विकास समितिको सहयोगमा सञ्चालित ‘सूचना प्रवाह तथा विकास पत्रकारिता’ विषयक दुई दिने प्रशिक्षण आज आइतबार सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको प्रशिक्षण समापन समारोहमा प्रमुख अतिथि स्थानीय विकास अधिकारी खेमराज ओझाले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रशिक्षणमा विषयगत सरकारी कार्यालयका सूचना अधिकारी र क्रियाशील सञ्चारकर्मीसहित ३४ जनाको सहभागिता रहेको पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए । प्रशिक्षणको सहजीकरण सञ्चारविद् तथा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले गरेका थिए ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का जिल्ला अध्यक्ष गणेशमान मुखिया, प्रशिक्षक पन्त, अध्यक्ष नेम्वाङले समेत सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
सहभागीको तर्फबाट पत्रकार अम्विका भण्डारी र जिल्ला प्रशासनका सूचना अधिकारी सुरेश आचार्यले धारणा राखेको  कार्यक्रमको सञ्चालन महासंघका सचिव एकराज गिरीले गरेका थिए ।
सरकारी कार्यालय र पत्रकारवीच सम्वन्ध सुमधुर बनाउदै विकास पत्रकारितालाई प्रभावकारी बनाउन प्रशिक्षण फलदायी भएको सहभागीको प्रतिक्रिया छ ।

प्रकाशित मिति : १४ चैत्र २०७२, आइतबार  २ : ५५ बजे