४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा पुरूष भन्दा महिलाकाे जनसंख्या बढी, जनसंख्यामा चाैथाे जिल्ला झापा





झापा १२, माघ / देशको सबैभन्दा धेरै जनसंख्या भएको पाँच जिल्लामा झापा परेको छ ।
बुधबार केन्द्रीय तथ्यांकले सार्वजनिक गरेको नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजाले जनसंख्याको हिसाबले झापा देशकै चौथो जिल्लाको रुपमा देखिएको छ । केन्द्रीय तथ्यांकले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको तथ्यांक सार्वजनिक गरेको थियो ।
जसमा सबैभन्दा धेरै जनसंख्या भएको पाँच जिल्लामा काठमाण्डौं पहिलो रहेको छ । त्यसपछि दोस्रोमा मोरङ , तेस्रोमा रुपन्देही , चौथोमा झापा र पाँचौमा सुनसरी रहेको छ ।

२०७८ सालको जनगणना अनुसार झापाको जनसंख्या ९ लाख ९४ हजार ९० पुगेको छ । जुन कूल जनसंख्याको ३.४१ प्रतिशत हो । जिल्लाको कूल जनसंख्यामा पुरुषको संख्या ४ लाख ७७ हजार ४९६ र महिलाको संख्या ५ लाख १६ हजार ५९४ रहेको छ । यसबाट ३९ हजार ९८ जना महिला बढी रहेको देखिन्छ । जिल्लाको जनसंख्या बृद्धिदर १.९३ प्रतिशत रहेको छ । त्यस्तै औषत परिवार संख्या ४.०४ रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ५ : ११ बजे