१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमककाे निम्स अस्पतालबाट सि.टी. स्कान सेवा शुरू



दमक १७, फागुन /
विरामीहरुको समस्यालाई ध्यानमा राखेर निम्स नेशनल हस्पिटल दमकले सि.टी. स्कान मेशिनको सेवा शुरु गरेको छ ।
जटिल प्रकारका रोगहरुको समस्या पत्ता लगाउन दमकवाट अन्यत्र जानु पर्ने वाध्यतालाई ध्यानमा राखेर निम्स हस्पिटलले सि.टी स्कान मेशिनको सेवा प्रारम्भ गरेको हो ।
निम्स हस्पिटलले आज मंगलबार एक कार्यक्रमको आयोजना गरी सि.टी. स्कान मेशिनको उद्घाटन दमक नगरपालिकाको उपप्रमुख गीता अधिकारीले रिबन काटेर गरेकी हुन् । उद्घाटनपछि कार्यक्रममा बोल्दै विरामीलाई गुणस्तरीय सेवा दिनु पर्ने बताउनुभयो । जहाँ स्तरीय सेवा छ त्यसै ठाउँलाई सबैले रोज्ने हुदा विरामीको साना भन्दा साना समस्यालाई ख्याल गर्नु उपप्रमुख अधिकारीले सुझाव दिनु भयो । अस्पताल सञ्चालक समितिका अध्यक्ष उमाकान्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा निम्सकै मेडिकल सुपरिटेण्डेड डा. नविन सिंहले सि.टी. स्कान मेशिन अहिलेको आधुनिक ६४ सालाइस १सय ९२ क्षमताको पुर्व क्षेत्रको राम्रो मेशिन भएको बताउदै उपयोगीका बिषयमा बोल्नु भएको थियो । आम्दा अस्पताल दमकका पूर्व मेडिकल सुपरिटेण्डेट डाक्टर नविन ढकालले बिरामीलाई आिर्थक भार पार्ने भन्दा पनि गुणस्तरीय सेवा दिनु पर्ने बताउनु भयो ।
दमक ९ का वडाअध्यक्ष राम बहादुर धिमाल , दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र सोही अस्पतालको उपाध्यक्ष मदरा पौडेल लगायतले विरामका सबै सेवालाई प्रभावकारी बनाउनु पर्नेमा जोड्दिनु भएको थियो । अस्पताल सञ्चालक समितिका सचिव रोशन विष्टले १० प्रतिशत विपन्न अवस्थाको बिरामीहरुको सेवा दिनु पर्ने सरकारी मापदण्ड रहेको हुदा पैसाको अभावमा कसैको ज्यान जान नदिने बताउनुभयो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ८ : १९ बजे