१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज वडा नं ६ मा जेष्ठ नागरिक सम्मान र आयुर्वेदिक औषधी बितरण




गौरीगञ्ज गाउँपालिका वडा नं ६ तथा नागरिक आरोग्य सेवा केन्द्र गौरीगञ्ज ६ को आयोजनामा ७५ बर्ष माथिका जेष्ठ नागरिकहरुलाई आयुवेर्दिक औषधि वितरण र जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ। कार्यक्रमको अध्यक्षता वडा सदस्य महमद आशामुदिन मियाँले गर्नुभएको थियो। गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलबत्ती राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी उपाध्यक्ष पुजन न्यौपाने कुवर तथा बिषेश अतिथि जिल्ला आयुवेर्दिक कार्यालय ,झापाका प्रमुख डां.अनिल कुमार यादव र टंकनाथ अर्याल हुनुहुन्थ्यो।साथै अतिथिहरुमा गौरीगञ्ज गाउँपालिका वडा नं ३ को वडाअध्यक्ष श्रवण गिरी,४ नं वडा अध्यक्ष फेका प्रसाद गिरी ,५ नं वडा अध्यक्ष बिजय सिंह गन्गाइ, ६ नं वडा सदस्य नितेश कुमार साह,रमकुमारी बि.क र ज्येष्ठ नागरिक संघ गौरीगञ्ज गाउँपालिका अध्यक्ष भोला प्रसाद खतिवडा रहनुभएको थियो। कार्यक्रममा जेष्ठ नागरिकहरुलाइ बिभिन्न ३ प्रकारका आयुवेर्दिक औषधी वितरण,सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी फुलवती राजवंशीले वडा नं ६ ले गरेको उत्त कार्यक्रमलाई धन्यवाद ज्ञापन गर्दै जेष्ठ नागरिको स्वास्थ्य प्रति आफनो प्रमुख ध्यान रहेको बताउनुहुदै उहाँहरु को आशिवार्द उपदेश र मार्गनिर्देशन बमोजिम नै गाउँपालिका संचालन हुदै आएको बताउनुभयो।साथै जेष्ठ नागरिकको पिरमर्कामा सदैव साथ रहने बिश्वास दिलाउदै गाउँपालिकाले बिभिन्न जेष्ठ नागरिक लक्षित कार्यक्रम संचालन गर्दे आएको बताउनुभयो।त्यस्तै उपाध्यक्ष पुजन न्यौपाने कुवरले जेष्ठ नागरिको सम्मान जहाँ हुन्छ त्यहाँ नै शान्ती हुने बताउदै जेष्ठ नागरिकको सम्मान नै गौरीगञ्ज गाउँपालिकाको पहिचान रहेको बताउदै गौरीगञ्ज गाउँपालिकाले पनि जेष्ठ नागरिकको लागी बिभिन्न अवधारण ल्याएको बताउनुभयो।त्यस्तै डा.अनिल कुमार यादवले गौरीगञ्ज गाउँपालिका वडा नं ६ ले बजेटमा ब्यवस्था गरेर संचालन गरेको उत्त कार्यक्रम धेरै फलदायी रहेको बताउदै उत्त कार्यक्रममा जेष्ठ नागरिकहरुमा उत्त औषधी सेवन गर्ने तरीका र प्राप्त हुने उपलब्धी बारे बताउनुभएको थियो।वडा न ६ ले उत्त कार्यकंम वडाको सिलिङ बजेटमा रहेको आयुवेर्दिक कार्यक्रम र जेष्ठ नागरिक सम्मान कार्यक्रमबाट गरेको सचिव युवराज दाहालले बताउनुभयो।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : ५० बजे