१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रतिगमनकारी कदमको बिरोधमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीकाे पुत्ला दहन


२५ माघ २०७७, आइतबार  

0
Shares

बनियानी २५, माघ / असंबैधानिक संसद विघटन विरुद्ध जनता समाज पार्टी झापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओेलीकाे पुत्लादहन गरेकाे छ । झापाकाे दक्षिण क्षेत्र बनियानीकाे हुक्काहुक्की चाैकमा नारावाजी गर्दै जनता समाज पार्टी झापाका नेता तथा कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीकाे पुत्ला दहन गरेकाे हाे ।

सर्वोच्च अदालतमा संसद विघटनकाे मुद्धा चलिरहेको बेला बुधवार सरकारले अख्तियार अनुसन्धान आयोगमा आयुत्तहरूकाे नियुक्तिले देशलाई थप संकटमा पारेकाे भन्दै त्यसकाे विराेधमा देशव्यापी आन्दाेलन गरेकाे सहभागी वत्ताहरूले बताएका थिए ।

पुत्लादहन पछि आयोजित सभामा बोल्दै भने सहभागी वत्ताहरूले प्रधानमंत्री ओलीकाे कदम नसच्चिए जनताले बालुबाटारबाट सडकमा ल्याउने बताएका थिए ।
कोणसभामा जनता समाज पार्टीका केन्द्रीय सदस्य पृथ्वी कार्की, सुर्यनारायण गणेश, , प्रदेश सदस्य शर्मिला आङदम्बे , अध्यक्षद्वय जिल्ला अध्यक्ष दिपेनवाला राई, अनुतसिह राजबंशी, पार्टी जिल्ला सचिन देवेन्द्र किशोर ढुंगाना,पार्टी गाउँ समितिका अध्यक्ष कर्ण राजबंशी, जिल्ला उपाध्यक्ष संगीत रौनियार, प्रदेश सदस्य शर्मिला आङदम्बे , गौरी मान राईलगायतले प्रधानमन्त्री ओलीले असंबैधानिक कदम सच्याउनुको सट्टा संविधान ऐन कानुनको धज्जी उडाउँदै थप संविधान विरोधी काम गर्न थालेकाले पार्टीले बाध्यात्मक अवस्थामा प्रतिगमनको बिरुध्दमा आन्दोलन गर्नुपरेको बताए ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  २ : ४२ बजे