१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अध्यक्ष पदबाट हटाईएका पुकार राजवंशीद्वारा संस्थाकाे लेटरप्याडमै विज्ञप्ति, लगाईएकाे आराेपकाे खण्डन


१९ मंसिर २०७७, शुक्रबार  

0
Shares

गौरीगंज १९, मंसिर / केन्द्र समितिद्वारा पदमुत्त गरिएका राजवंशी समाज विकास समिति झापाका अध्यक्ष पुकार चन्द्रसिंह राजवंशीले सामाजिक संजालमा सार्वजनिकरुपमा आक्रोश पोखिएको आधारमा आफुलाई अध्यक्ष पदबाट पदमुत्त गरिएको बताएका छन् ।

आज एक प्रेस विज्ञप्तिमार्फत खण्डन गर्दै राजवंशीले राजवंशी समाज विकास केन्द्र समितिको २६ औं स्थापना दिवसको पुस ४,५ र ६ गते कार्यक्रममा पदिय मर्यादा सम्मानजनक उपस्थिति तथा अधिकार नपाउँदा सामाजिक संजालमा व्यक्तिगतरुपमा व्यक्त गरिएको अभिव्यत्तिका आधारमा केन्द्र समितिले पूर्वाग्राही तथा सुनियोजित ढङ्गले पदमुत्त गरिएको निर्णयप्रति घोर आपति जनाएका हुन् ।
सामाजिक संजालमा मिति २०७६/०९/०७ गते पुकार राजवंशीको नामबाट ‘सन्दर्भ राजवंशी समाज विकास समिति केन्द्रीय समिति अध्यक्ष भिमराज राजवंशी अध्यक्षत् हुआल २६ वा स्थापना दिवस कटहरी मोरङ्ग पुस ४,५ आर ६ शोसक ! सामन्ति ! नातावाद ! कृपावाद ! होसियार ! निरंकुश ! तानाशाह ! अहंकार ! घमण्ड ! मुर्दावाद ! खेद व्यक्त करेची’ सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्र समितिद्वारा विभिन्न समयमा निर्णय भएको लेखिएको पत्र जिल्ला सचिव मुनिलाल राजवंशीले आफुलाई पत्र बुझाएको भनिएता पनि आधिकारिकरुपमा हात नलागेको र जिल्ला समितिको वैठकमा समेत प्रस्तुत नभएको राजवंशीले विज्ञप्तिमार्फत खण्डन गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन् –“ केन्द्र समितिको निर्णय रहस्यमय ढङ्ग आएको हुनुपर्छ । आफ्नो व्यक्तिगत आक्रोश पोख्दा नकि स्थापना दिवसको कार्यकालमा गरिएको अपहेलनाको संस्थागत निर्णय गरेर सार्वजनिक गरेको भए पदमुक्त हुदाँको भागिदार हुन्थे होला ? आश्चर्य लागेको छ यो अर्थमा धामी पनि आफ बोक्सी पनि आफैं ? ।
झापा र मोरङ्ग दुवै अध्यक्षलाई पदमुक्त गरिनु एउटा व्यक्तिवादी चरित्र उदांग भएको आरोप लगाउदै राजवंशीले जिल्ला नेतृत्वलाई सामाजिक, राजनीतिक चरित्र हत्या गर्ने उद्येश्यले आएको निर्णयलाई अभिलम्ब सच्चाउन माग गरेको छ ।
केन्द्रसमितिद्वारा अध्यक्ष पदबाट पदमुत्त गरिएपनि अध्यक्ष राजवंशीले संस्थाको लेटरप्याडमा विज्ञप्ति लेखेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : ४० बजे