६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंजका विदेशबाट आएर हाेम क्वारेन्टाइनमा बसेकाकाे नेगेटिभ रिपोर्ट


५ बैशाख २०७७, शुक्रबार  

0
Shares

20200417_181000

गाैरीगंज ५, बैशाख / हाेम क्वारेण्टाइनमा रहेकाहरुमध्ये २१ दिन अवधि पूरा भएका गाैरीगञ्ज वार्ड नं. ४ का १ जना महिला सहित जम्मा १३ जनाकाे गाैरीगञ्ज स्वास्थ्य चाैकीमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिद्वारा गरिएकाे परिक्षणमा नेगेटिभ रिपोर्ट अाएकाे छ ।
उनीहरू सबै भारत लगायत विभिन्न देशबाट घर अाएका थिए ।

त्यसैगरी गाैरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रकाे नवनिर्मित भवनमा रहेकाे क्वारेण्टाइनमा रहेका गाैरीगञ्ज वार्ड नं. २ निवासी ४३ वर्षिय एक पुरुषलाई क्वारेण्टाइनबाट घर पठाईएकाे छ । उनी चैत १३ गतेदेखि क्वारेन्टाइनमा थिए ।
पीसीअार टेष्टका लागि उनकाे स्वाव संकलन गरि विराटनगर पठाइएकाेमा नेगेटिव रिपाेर्ट अाएकाे गाैरीगंज स्वास्थ्य प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् । क्वारेण्टाइनवाट उनलाई पनि घर पठाइएकाे छ । अब गाैरीगंजकाे क्वारेन्टाइनमा ९ जना बाँकी छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १२ : २७ बजे