१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा धान कुटाउने नयाँ प्रविधि भित्रियाे, घरघरमै धान कुटाउन सकिने


२२ फाल्गुन २०७६, बिहिबार  

0
Shares

20200305_191852
आत्माराम राजवंशी
गाैरीगंज २२ , फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं ६ खजुरगाछी बस्ने माे. ईस्माइललाई यतिकाे व्यस्त हुन्छु भनेर कहिल्यै लागेकाे थिएन । वितेकाे १५ दिनमा जस्ताे व्यस्त त झन उनका लागि साेचे भन्दा परकाे कुरा थियाे । व्यस्त हुनुकाे भित्री राज निधार नखुम्चाई सहजै फुकाए र भने – ‘दिनमा १ सय भन्दा बढी फाेन आउँछ । विहान ७ बजेदेखि काम थालेर राती १२ बजेसम्म पनि धान कुटाउँदा सकिदैन । ‘ विराटनगरबाट ल्याएका धान कुट्ने मिलले माे. इस्माईललाई यतिकाे ब्यस्त बनाएकाे हाे ।
चामल एकतिर भुस अर्काेतिर निस्कने धान कुटने व्यस्थित मेसिनलाई ट्याक्टरकाे प्रयाेग गरेर मानिसका घर घरमा लगेर धान कुटाउन सकिने सजिलाे उपाय भएकाेले गाउँवासीहरूकाे माग अत्यधिक भएकाे प्राेपाइटर माे. ईस्माईलले बताए ।
डिजलबाट चल्ने २ लाख रूपैयाँमा खरिद गरेर ल्याएका उत्त मेसिनले १ घण्टामा ३० मन धानसम्म कुटाउन सकिने उनले बताए । उनले भने – ‘ माग राम्राे छ । अहिले हामीले दिनकाे १सय २० मनसम्म धान कुटाईरहेका छाै ।’ एक मन धान कुटाउँदा ७० रूपैयाँ लिने गरेका उनीसहित ३ जनाले काम गरिरहेका छन् ।
गाउँ – गाउँमा गई धान कुटाउन सकिने भएकाेले मानिसलाई मिलमा धान लगेर हप्ताैदिनसम्म पालाे पर्खेर धान कुटाउने झन्झटबाट मुक्त र समयकाे वचत पनि हुने हुँदा सबैकाे राेजाई यहि ‘माेवाईल धान कुट्ने मिल’ भएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने कृष्णहरी राजवंशीले २० मन धान यहि माेवाईल मिलबाट कुटाउन पाउँदा खुशी व्यक्त गरे । उनले भने – ‘विगतकाे वर्षसम्म धान कुटाउन टाढाकाे धान कुटाउने मिलमा लानु पर्थ्याे । वत्ती नभएर हप्ताै दिनसम्म पालाे कुर्नु पर्थ्याे । अब त्याे झन्झटिलाे नहुने, घरमै कुटाउन मिल्ने र समयकाे पनि बचत हुने हुँदा याे धेरैकाे लागि उपयाेगी भएकाे छ ।’
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ कि ममता बुढाथाेकीलाई पनि याे मिलले धेरै सजिलाे बनाईदिएकाे प्रतिक्रिया दिईन । उनले भनिन् – ‘ मैले घरकै अाँगनमा ४० मन धान कुटाएँ । चामल पनि फ्रेस निस्कियाे । धान बाेकेर लानुनै परेन ।’ आफ्नाे समय अनुकुल पारेर धान घरमै कुटाउन पाउँदा सबैकाे राेजाई अहिले यहि ‘माेवाईल धान कुटने मिल’ भएकाे छ ।
यस अघि सिरक डस्ना सिलाउने र बनाउने काम गर्दै आएका २८ बर्षिय माे. ईस्माइलकाे अनुहारमा साचिक्कै उत्त माेवाइल मिलले ‘स्माईल’ छाएकाे छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १ : ३८ बजे