३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

हात्ती पाइले राेग सम्बन्धि सचेतना कार्यक्रम


८ माघ २०७६, बुधबार  

0
Shares

20200122_200504

गाैरीगंज ८, माघ/ हात्ती पाइले राेग निवारणका लागि
गाउँपालिका स्तरिय याेजना तर्जुमा तथा बहु निकाय गाेष्ठी सम्पन्न भएकाे छ ।
हात्ती पाइले राेग विरूद्व आम औषधी सेव
न अभियान अन्तर्गत आज गाैरीगंग गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य शाखाका प्रमुखलगायतलाई हात्ती पाइले राेग विरूद्वकाे रणनीति, याेजना र हात्ती पाइले राेग सम्वन्धि प्रशिक्षण दिइएकाे थियाे ।
नेपालमा हात्ती पाइले राेगकाे जाेखिम २ कराेड ५० लाख जनसंख्या रहेकाे बताईएकाे थियाे । जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक जीवन चाैम्लागाईले सहजिकरण गरेकाे कार्यक्रममा आम औषधी सेवन कार्यक्रम १३ वटा जिल्लामा भईरहेकाे र ५० वटा जिल्लामा आम औषधि सेवा बन्द गरिएकाे छ ।
सन् २०२० सम्ममा हात्ती पाइले राेगलाई जनस्वास्थ्य समस्याकाे रूपमा रहन नदिन यस प्रकारकाे कार्यक्रम थालिएकाे स्वास्थ्य शाखा गाैरीगंजका शाखा प्रमुख रामचन्द्र मिश्रले बताए ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वार्ड नं. ३का अध्यक्ष मखना महताे, वार्ड नं.५ का विजय सिंह, २ का अध्यक्ष अघ्नु राजवंशी, कार्यपालिका सदस्य राधा अधिकारी, रिता तामाङ्ग, जेठा मुर्मू, सरिता शेर्पा, काेराेवारी, महाभाराका स्वास्थ्य चाैकीका प्रमुख लगायतकाे सहभागिता थियाे ।
शारीरिक रूपमा नराम्रााे गरि अशत्त, असमर्थ तथा अपांग बनाउने हात्ती पाइले लामखुट्टेबाट सर्ने सरूवा राेग भएकाेेले यसबारे सचेतनाकाललागि आज गाउँपालिकास्तरिय अन्तरक्रियात्मक कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।

ज्वराे आउने, जाडाे लाग्नु, शरीरमा कम्पन हुनु, लिम्फ नलीहरू सुनिनु, हात गाेडामा नीला काला धर्साहरू देखिनु, पिसाब सेताे वा राताे हुनु, लामाे समयसम्म खाेेकि लाग्नु,दम बढ्नु, रगतमा इसिनाेफिलकाे मात्रा बढ्नु हात्ती पाईले राेगका लक्षणहरू भएकाे बताईन्छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  २ : २२ बजे