१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मास्क खै ? ट्राफिक प्रहरीकाे अभियान, गाैरीगंजमा सर्वसाधारणलाई मास्क वितरण



गाैरीगंज १४, वैशाख / काेराेना भाईरसकाे महामारी राेक्न र त्यसबाट बच्न यहाँका सर्वसाधारणलाई मास्क वितरण गरिएकाे छ ।
ईलाका प्रहरी कार्यालय गाैरीगंज, ट्राफिक प्ररी पाेष्ट गाैरीगंज र खजुरगाछी गाैरीगंज समाजसेवी युवा समुहले संयुक्तरूपमा गाैरीगंज क्षेत्रका सर्वसाधारणलाई अाज विहान ३५० जनालाई मास्क वितरण गरेका छन् ।

काेराेना महावारीकाे संक्रमण बढिरहेकाे अवस्थामा यहाँका विद्यार्थी, पैदलयात्री, बस चालकलाई काेराेनाबाट बच्न अपनाउने उपाय, सरकारले निर्धारण गरेकाे स्वास्थ्य मापदण्डलगायतका विषयहरू बारे सचेतना फैलाउँदै उनीहरूले मास्क वितरण गरेका थिए ।
तपाईकाे मास्क खाेई ? भन्ने नाराका साथ अाज प्रदेश नं. १ भरी नै क्षेत्र, जिल्लालगायत सबै ट्राफिक पाेष्टहरूले मास्क वितरण अभियान सञ्चालन गरेका थिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरिक्षक राकेश रेग्मी, ट्राफिक पाेष्ट गाैरीगंजका ईन्चार्ज सुजन कार्की, युवा समुहका अध्यक्ष राेशन यादवलगायतले मास्क वितरण गरेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : ३९ बजे