१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बैदेशिक रोजगारमा गएका झापाका युवा ८ बर्ष देखि बेपत्ता


२९ चैत्र २०७७, आइतबार  

0
Shares

 

विर्तामोड २९, चैत / बैदेशिक रोजगारको सिलसिलामा कतार गएका एक युवा बेपत्ता भएका छन् । झापाको कचनकवल -६ घर भएका ४८ बर्षिय सागर उप्रेती २०७२ मङ्सिर ९ गते कतार गएका थिए ।

बिर्तामोड स्थित एक्टीभ एजेन्ट मेनपावरबाट बिदेशिएका उनी  गएको एक बर्ष पछि आजको दिन सम्म सम्पर्क बिहिन रहेको परिवारले जनाएको छ ।

शनिबार  बिर्तामोड स्थित रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै परिवारले यस्तो बताएका हुन् ।

उप्रेती परिवारका अनुसार प्रशासनलाई पटक -पटक निवेदन दिँदा पनि यस कुरालाई वेवास्था गरेको र मेनपावरले पनि यस कुरालाई चासो नदेखाएको उनीहरुले आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै सागरकि श्रीमतीले आफ्नो श्रीमान जिउदो या मरेको भएपनि खोजीकार्य गरीदिनुहुन सबै पत्रकाहरुलाई आग्रह गरेकी छन् । उननले भनिन् – ‘म आजको दिन सम्म उहाँलाई खोजी रहेकि छु ,विवाह भएको ९ महिना पछि देखि म उहाँ संग सम्पर्कमा छैन , म एक छोरी मान्छे भएर म कसलाई गुहार्नु ? मेरो बाच्ने आधार छोरा छोरीको ठाँउ बाट पनि छैन त्यसैले सम्पुर्ण पत्रकारलाई खोजीकार्य गरीदिनुहुन बिन्ती गर्छु ।’

पत्रकार सम्मेलनमा बोल्दै बुवा प्रेम प्रसाद उप्रेतीले आजको दिन सम्मको खोजीकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बि सं २०७६ साल कार्तिक १० गते ८ बजेर ५७ बजे उनका छोरा नेपाल प्रवेश गरेको रेकर्ड प्राप्त भएको तर छोराको पत्ता नलागेको दु:ख व्यक्त गरेका छन् ।

त्यसैगरी सागरका मामा तुलसि मैनालीले भान्जाको खोजीकार्यमा मेनपावरले झुटो आश्वासन देखाएको र कतैबाट पत्ता नलागे पछि आफुहरु मिडियाको सहयोगमा आएको बताएका छन्।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  २ : ०४ बजे