५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंजकाे छाेटी भन्सार कार्यालय स्तराेन्नति भई मुख्य भन्सार निर्माण हुने


२६ कार्तिक २०७५, सोमबार  

0
Shares

20181112_104626

गाैरीगंज २६, कार्तिक /गाैरीगंजकाे अाठमाैजा छाेटी भन्सार कार्यालय स्तराेन्नति ( मुख्य भन्सार) हुने भएकाे छ ।
मेची भन्सार कार्यालय काकरभिट्टाका कार्यालय प्रमुख टेक बहादुर अर्यालकाे नेतृत्वमा अाएकाे टाेलीले अाज गाैरीगंज गाउँपालिका स्थित भारतीय सीमा नाका नजिक फत्तेपुर जनतामा स्थलगत निरीरक्षण गरी अाठमाैजा छाेटी भन्सार कार्यालयलाई स्तराेन्नति गरि मुख्य भन्सार कार्यालय निर्माण गरिने बताउनुभएकाे हाे ।
अागामी मंसिर १ गते देखि ४ गतेसम्म काठमाडौमा हुने नेपाल भारतका भन्सार प्रमुखहरूकाेे संयुत्त बैठकमा अाठमाैजा छाेटी भन्सार कार्यालयलाई स्तराेन्नति गरि मुख्य भन्सार कार्यालय निर्माण गर्न भारतिय पक्षसंग छलफल गरि अन्तिम टुंगाे लगाउने मेची भन्सार कार्यालयका प्रमुख अर्यालले बताउनुभयाे । उहाँले यहि अार्थिक वर्षदेखि भन्सार निर्माणका लागि अावश्यक कार्य शुरू गरिने बताउनुभयाे ।
भन्सार कार्यालयका लागि कम्तिमा १० कठ्ठा जग्गा अाबश्यक हुने हुदा त्यसकाे व्यवस्थापन स्थानिय सरकारले गर्नु पर्ने उहाँले बताउनुभयाे ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाैरीगंज भन्सार निर्माण भएकाे खण्डमा यहाँको अार्थिक गतिविधि बढी स्थानिय मानिसहरूकाे अायअार्जन बढ्ने बताउनुभयाे ।
भन्सार निर्माणका लागि गाैरीगंज गाउँपालिकाले जग्गा व्यवस्थापन छिट्टै व्यवस्थापन गरि भन्सार निर्माणका लागि सजग वातावरण बनाईने अध्यक्ष श्रेष्ठले बताउनुभयो । गाैरीगंज गाउँपालिकाकाे विकास मेरूदण्ड मध्ये एक भन्सार पनि भएकाे हुदा भन्सारकाे निर्माणले गाैरीगंजकाे मुहार फेरिने अध्यक्ष श्रेष्ठले बताउनुभयाे ।
उधाेग वाणिाज्य संघ गाैरीगंजका अध्यक्ष तथा वडा नं ३ का अध्यक्ष मखना महताे गैदारले भन्सार निर्माणले यहाँको ठाउँकाे विकाससंगै जनताकाे पनि विकास हुने बताउनुभयाे । जनताले प्रत्यक्षरूपमा राेजगारी पाउने र उनीहरूकाे अायअार्जनमा टेवा पुग्ने अध्यक्ष महताेले बताउनुभयाे । भन्सार स्तराेन्नतिले सरकारकाे राजस्व संकलनमा पनि वृद्धि हुने उहाँको भनाई थियाे ।
अाठमाैजा छाेटी भन्सार कार्यालय खजुरगाछी गाैरीगंजले गत साउन महिनामा ६६ हजार ६ सय ३९ रूपैयाँ , भदाै महिनामा ५७ हजार ६ सय ४९ रूपैयाँ, असाेज महिनामा ४७ हजार ५९ रूपैयाँ, कार्तिक २५ गते सम्म ३० हजार ४० रूपैयाँ गरि जम्मा २ लाख १ हजार ३ सय ८७ रूपैयाँ राजस्व संकलन गरेकाे छ । कार्यालयले चिनी, लसुन, लत्ता कपडालगायतकाे सामानबाट राजस्व संकलन गरेकाे हाे ।

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार  १२ : ०० बजे