१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

किशाेरीलाई जबर्जस्तीकरणी गरेकाे आराेपमा गाैरीगंजका एक ब्यक्ति पक्राउ


१६ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

20200529_152329

गाैरीगंज १६,जेठ / गाैरीगंज गाउँपपालिका वार्ड नं. ३ तेलगानी बस्ने एक व्यक्ति जबरजस्तीकरणी गरेकाे आराेपमा आज पक्राउ परेका छन् ।

१६ बर्षिया एक किशोरीलाइ बलात्कार गरेको आरोपमा ६० वर्षिय गोबिन्द दाहाल पक्राउ परेका हुन् । किशाेरी अभिवावकले दिएकाे जाहेरीकाे आधारमा ईलाका प्रहरी कार्यालय गाैरीगंजले दाहाललाई पक्राउ गरिएकाे प्रहरी निरिक्षक गणेश भट्टराईले बताए ।

गत मंसिर महिनाकाे १४ गते पिडितका बुबाअामा उपचारका लागि भारत गएकाे र भाईहरू विद्यालय गएकाे माैका छाेपी मंसिर १५ गते दाहालले जबरजस्ती करणी गरेकाे जाहेरीमा आराेप लगाईएकाे छ ।
पिडित किशाेरीलाई बलात्कार पश्चात गर्भ बसेपछि घटनाकाे विषयमा हाेहल्ला गरे दाहालले ज्यान मार्ने धम्की दिएकाे कारण डरले किशाेरीकाे गर्भ तुहाईएकाे र घटना लुकाईराखेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट बुझिईएकाे छ ।

पक्राउ परेका दाहाललाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश भट्टराइले बताए। यसअघि गत जेठ १० गते गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. १ कुञ्जिवारीमा १४ बर्षिया बालिकालाई बलात्कार गरेकाे घटना सार्वजनिक भएकाे थियाे ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ९ : ४१ बजे