१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज र गाैरादहमा कांग्रेसकाे असंवैधानिक कदमविरूद्व जुलुससहित विराेध प्रदर्शन (फाेटाेसहित)


८ माघ २०७७, बिहिबार  

0
Shares

गाैरीगंज ९, माघ / सरकारले गरेको संसद बिघटन असंबैधानिक र जनचाहना विपरितको भएको विरोधमा आन्दोलनरत नेपाली कांग्रेसले विहिवार देशैभर वडास्तरमा सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार झापाको गाैरादह र गाैरीगंजमा पनि कांग्रेसले वडास्तरमा नै सरकार विरुद्ध प्रदर्शनसहित विरोध सभाहरु सम्पन्न गरेको छ । कांग्रेसले वडास्तरमा सो विरोध कार्यक्रम सञ्चालनका लागि पार्टी नेताहरुलाई खटाएको थियो ।
गाैरीगंजकाे विभिन्न वडाहरुमा भएको प्रदर्शनपछिका कोण सभाहरुलाई सम्बोधन गर्दै वक्ताहरुले संसद पुर्नस्थापना गरेर जनताका प्रतिनिधि स्थापित गराउनुपर्ने कांग्रेसको प्रमुख माग रहेको उल्लेख गरे ।
गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ५ र ६ मा कांग्रेसकाे वडा समितिहरूले संयुक्तरूपमा विराेध प्रदर्शन गरेका थिए । विराेध सभामा कार्यक्रमका प्रमुख अतिथि तथा क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी संसद विघटन जनताकाे चाहना विपरित भएकाे भन्दै त्यसकाे पुनर्वहालीकाे माग गरेका थिए । कार्यक्रममा महासमिति सदस्य ना‌ैताली राजवंशी, क्षेत्रिय प्रतिनिधि रत्न राजवंशी, राजेन्द्र ताजपुरिया, उदिमकुमार राई लगायतले बाेलेका थिए । कार्यक्रमकाे सञ्चालन सचिव अशाेक प्रसाद यादवले गरेका थिए ।
त्यसैगरी गाैरीगंज गाउँपालिका वार्ड नं. ४ वडा समितिले विराेध सभाकाे अायाेजना गरेकाे थियाे । महासमिति सदस्य घनश्याम रिजालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा महासमिति सदस्य तथा गाैरादह नगरपालिकाका नगर प्रमुख राेहितकुमार साह, क्षेत्रिय सभापति ढुण्डीराज भण्डारीलगायतले सरकारकाे असंवैधानिक कदमकाे विराेध गर्दै संसद पुनर्वहालिकाे माग गरेका थिए । त्यसैगरी गाैरादह नगरपालिकाकाे विभिन्न वडाहरूमा नेपाली कांग्रेसले र्याली सहित विराेध सभा अायाेजना गरेकाे छ । नेपाली कांग्रेस वडा समिति १, २,३, ७ र ८ मा विराेध सभा भएकाे हाे । सभाहरूमा नेपाली कांग्रेसका महासमिति सदस्य, महाअधिवेशन प्रतिनिधि, जिल्ला, क्षेत्रिय तथा नगर स्ततरिय नेताहरूले बाेलेका थिए । विराेध सभाहरूमा कांग्रेस नेताहरू डा. खगेन्द्र पाण्डव अधिकारी, अनिलकृष्ण प्रसाईं, यादवराज सेडाई, लक्ष्मी बाराकाेटी, सुमित्रा खरेल, भाेला चक्रवतीलगायतले बाेलेका थिए ।

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ११ : ४० बजे