७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

गाैरीगंज गाउँपालिकाका अध्यक्ष श्रेष्ठलाई मातृशाेक


२९ फाल्गुन २०७६, बिहिबार  

0
Shares

20200312_133317

गौरीगंज २९ , फागुन / गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाइ मातृशोक परेको छ । उनकी आमा खेमकुमारी श्रेष्ठको ७७ बर्षकाे उमेरमा आज बिहान ५.३० बजे काठमण्डौ स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । फाेक्साे सम्बन्धि राेगले पिडित भएकी मृतक श्रेष्ठलाई काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचारका लागि विगत १५ दिनदेखि राखिएकाे थियाे । माेरङ्ग काेशी अञ्चल तत्कालिन धरान नगरपञ्चायतमा जन्मनु भएकी सामाजिक तथा धार्मिक व्यक्तित्वकी धनी श्रेष्ठकाे यहाँको प्रतिष्ठित व्यवसायी स्व भाईराजा श्रेष्ठसंग वैवाहिक बन्धनमा बाधिनु भएकाे थियाे । उनका ४ छाेरा बुहारीहरू बाबुराजा – विश्वलक्ष्मी , सानुराजा – रणिता , लक्ष्मण – जयन्ती र शशीराजा – सानुमाया श्रेष्ठ छन् भने एक छाेरी ज्वाइँ गीता – दिपकशंकर मल्ल छन् । वि.सं. २००० साल चैत महिनामा जन्मनु भएकी मृतक श्रेष्ठकाे ६ नाती, ६ नातिनी र १ पनाति छन् । मृतक श्रेष्ठका नातीहरू विकल, सागर, राजिल, सक्षम, दिगेस शंकर, अनुपशंकर छन् भने नातिनीहरू वर्षा, सर्मिष्टा, नम्रता, कृतिका, लुजता जयना र पनाति शिवांस छन् ।

उनकाे पार्थिक शरिरलाई आज बेलुका झापा गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी स्थित निजी निवासमा ल्याइने र भाेली शुक्रबार फागुन ३० गते विहान ८.३० बजे गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी स्थित गेउरिया घाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ७ : ५० बजे