१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मधेसको सुरक्षा व्यवस्था सम्बन्धमा सुरक्षा गोष्ठी


९ बैशाख २०७३, बिहिबार  

0
Shares

 

वैशाख १० , बारा / खुला सीमाले बढ्दो तस्करी, कालोबजारी, अपराधलगायत संघीय गठबन्धनले मधेसमा फेरि गर्ने भनिएको आन्दोलबारे निगरानी गर्ने उदेश्यले पथलैयास्थित सशस्त्र प्रहरीको रुद्र वाहिणी गणमा दुई दिने क्षेत्रीय स्तरको सुरक्षा गोष्ठी विहीवारदेखि सुरु भएको छ ।

गोष्ठीको गृहमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्दै तराईको सुरक्षा संवेदनशीलतालाई ख्याल गरी सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिए ।

तराई मधेससँग जोडिएका भारतीय सीमा क्षेत्रहरुमा हुने विभिन्न किसिमका अपराधिक गतिविधी, कालो बजारी तथा अवैध तस्करीलाई नियन्त्रण गर्नुका साथै विभिन्न किसिमको बाहानामा हुने गरेको नाकाबन्दी, सडक अवरोधलगायतका गतिविधीलाई निगरानी गर्दै  आम नागरिकको धनजनको सुरक्षासँगै दैनिक उपभोग्य वस्तुहरुको सुलभ तथा सहज तरिकाले व्यवस्थापन गर्न उनले निर्देशन दिए । जारी संविधानको कार्यान्वयनको सिलसिलामा आइपर्ने विभिन्न्ा खालका सुरक्षा चुनौतीलाई सामना गर्न तम्त्यार रहन उनले आग्रह गरे ।

बैठकमा गृहसचिव नारायण गोपाल मलेगु, नेपाल प्रहरीका प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका प्रहरी महानिरिक्षक दुर्जकुमार राइ, मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मी, गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइराला, मध्यमाञ्चल क्षेत्रीय प्रशासक, लगायत बारा, पर्सा, मकवानपुर, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरुको उपस्थिती सहभागी छन् ।

, २०७३- खुला सीमाले बढ्दो तस्करी, कालोबजारी, अपराधलगायत संघीय गठबन्धनले मधेसमा फेरि गर्ने भनिएको आन्दोलबारे निगरानी गर्ने उदेश्यले पथलैयास्थित सशस्त्र प्रहरीको रुद्र वाहिणी गणमा दुई दिने क्षेत्रीय स्तरको सुरक्षा गोष्ठी विहीवारदेखि सुरु भएको छ ।

गोष्ठीको गृहमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्दै तराईको सुरक्षा संवेदनशीलतालाई ख्याल गरी सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिए ।

तराई मधेससँग जोडिएका भारतीय सीमा क्षेत्रहरुमा हुने विभिन्न किसिमका अपराधिक गतिविधी, कालो बजारी तथा अवैध तस्करीलाई नियन्त्रण गर्नुका साथै विभिन्न किसिमको बाहानामा हुने गरेको नाकाबन्दी, सडक अवरोधलगायतका गतिविधीलाई निगरानी गर्दै  आम नागरिकको धनजनको सुरक्षासँगै दैनिक उपभोग्य वस्तुहरुको सुलभ तथा सहज तरिकाले व्यवस्थापन गर्न उनले निर्देशन दिए । जारी संविधानको कार्यान्वयनको सिलसिलामा आइपर्ने विभिन्न्ा खालका सुरक्षा चुनौतीलाई सामना गर्न तम्त्यार रहन उनले आग्रह गरे ।

बैठकमा गृहसचिव नारायण गोपाल मलेगु, नेपाल प्रहरीका प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका प्रहरी महानिरिक्षक दुर्जकुमार राइ, मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मी, गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइराला, मध्यमाञ्चल क्षेत्रीय प्रशासक, लगायत बारा, पर्सा, मकवानपुर, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरुको उपस्थिती सहभागी छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७३, बिहिबार  ११ : ४३ बजे