गौरीगंज / वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न खाडी मुलुकमा बसेका कोच समुदायका युवाहरुले पठाएको रकमबाट झापाका बाढीपीडितहरुलाई मंगलबार राहत वितरण गरिएको छ । कोच प्रवासी महासंगठनले पठाएको रकमबाट जिल्लाको भद्रपुर र खजुरगाछीका बाढीपीडितलाई राहत वितरण गरिएको हो । एक कार्यक्रमको आयोजना गरी खजुरगाछी गाविसको वडा नम्बर ६, ८ र ९ का ३० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको…