१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अस्पतालको लावरवाहीले एकको मृत्यु


२० कार्तिक २०७३, शनिबार  

0
Shares

विर्तामोड, २० कार्तिक / अस्पतालको लावरवाहीको कारण झापा गौरादह नगरपालिका – १० कोहबारा बिरबल चौकका ६० बर्षिय इश्वरलाल ताजपुरियाको आ“खा उपचार गर्ने क्रममा आज मृत्यु भएको छ ।
मेची आ“खा अस्पताल शैनिकमोडमा शुक्रबार बाया“ आ“खाको अपरेशन गरेका थिए । उपचार खर्च अपुग भएपछि उनलाई अस्पतालले घर जान भनेका थिए । खर्च लिएर आज शनिवार उनी पुनः अस्पताल भर्ना भई आ“खाको ड्रेसिङ्ग गर्ने क्रममा उनको मृत्यु भएको हो । अस्पतालका डा. पवन महत्तले उनको आ“खाको अपरेशन गरेका थिए । मृतक परिवारले अस्पतालले क्षतिपुर्ति नदिउञ्जेल लास बुझ्न नसकिने जनाएका छन् । उनीहरुले अहिले अस्पताल परिसरमा धर्ना दिइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७३, शनिबार  ६ : २७ बजे