१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज र गाैरादहमा सचेतना कार्यक्रमसहित मास्क वितरण


८ चैत्र २०७६, शनिबार  

0
Shares

20200321_162548

गाैरीगंज ८, चैत / गौरीगंज गाउँपालिका वडा नं -४ काे अल्ताबारीमा काेराेना भाइरस नियन्त्रणकालागि शुक्रबार जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ। भारतकाे बैरिया नाकासंग जाेडिएकाे अल्ताबारी गाउँमा बसाेवास गर्ने आदिवासी, जनजाति र दलित समुदायका नागरिकहरुलाई काेराेना भाइरसबाट वच्न सचेतना कार्यक्रम संचालन गरिएकाे ईलाका प्रहरी कार्यलय गौरीगंजका प्रमुख गणेश प्रसाद भट्टराईले जानकारी गराए। ईलाका प्रहरी कार्यलय गौरीगंजकाे आयाेजनामा संचालन गरिएको कार्यक्रममा काेराेना भाइरसकाे जाेखिमबाट वच्न अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी गराउँदै प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीका प्रमुख अनुप शर्माले काेहि पनि नेपाली नागरिक काेराेनाकाे संक्रमणबाट गुज्रिनु नपराेस त्यसका लागि सबैले सतर्कता अपनाउन जरुरी रहेकाे बताएका थिए ।रुघाँखोकी, ज्वाेराेकाे बिरामी भएमा वा काेराेना लक्षण देखिएमा नजिककाे स्वास्थ्य संस्थामा गई चेकजाँच गराउन अनुराेध गरेका थिए। त्यसअवसमा वडा नं -४ का वडाध्यक्ष कुल प्रसाद गिरीले वडा कार्यलयका तर्फबाट जनचेतना कार्यक्रममा सहभागीहरुलाई माक्स बितरण गरेका थिए।

20200321_162559
त्यसैगरी गौरादह नगरपालिका वडा नं -७ काे ग्वालडुब्बामा पनि जनचेतना जगाउदै माक्स बितरण गरिएको छ। काेराेना भाइरसकाे जाेखिमबाट वच्न ग्वालडुब्बा युवा समुहले बजार क्षेत्रमा माईकिङ गरि सुचान प्रवाह गरेकाे थियाे। शुक्रबार ग्वालडुब्बा बजार लाग्ने भएकाले अधिकांश मानिसहरुकाे उपस्थिति हुने भएकाले माइकिङ गरि जनचेतना जगाउने कार्य गरेकाे युवा समुहका अध्यक्ष भाेला चक्रवर्तीले जानकारी गराए।विश्वभर आतंक फैलाईसकेकाे काेराेना भाइरसबाट वच्न आफू सुरक्षित हुन आवश्यक रहेकाे जानकारी गराएका थिए। त्यस अवसरमा युवा समुहले उपस्थित हुने सबैलाई माक्स बितरण गरेकाे थियाे। हेन्ड सनेटेजराईजद्वारा हात धुने तरिका सिकाइको थियाे ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १० : ४९ बजे