१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

धुलाबारीमा हुने विराट सत्संग समारोह–२०७५ को तयारी पूरा


२२ फाल्गुन २०७५, बुधबार  

0
Shares

58b4ef38689b2eb09243b385e8ecb369.0

गाैरीगंज २२, फागुन / धुलाबारीको नन्दागंगा नदी तटमा फागुन २३ गते बिहीबार र २४ गते शुक्रबार सत्संग समारोह हुँदैछ । कार्यक्रममा नेपाल, भारत र भुटानबाट करीब एक लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ ।

समारोहस्थल पण्डाल निर्माण, भक्तजनको आवास बन्दोबस्त, खानपानका लागि भण्डारा, अतिथि सत्कारको व्यवस्थापन मिलाइएको मूल आयोजक समिति संयोजक महात्मा चमेली वाइजीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा सहभागी हुन सद्गुरूदेव सतपालजी महाराज पनि धुलाबारी पुगिसक्नुभएको छ ।

समारोहलाई व्यवस्थित बनाउन मूल आयोजक समिति मातहत विभिन्न समितिले काम गरिरहेको आयोजक नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद पौडेलले बताउनुभयो । ‘समारोहमा सहभागी हुन देशविदेशका भक्तजन आउने क्रम शुरू भइसकेको छ, स्वयंसेवकहरूले विगत एक महिनादेखि तयारी गरिरहेका छन्,’ उहाँले भन्नुभयो ।

समारोहमा टाढाटाढाबाट आएका भक्तजनलाई खानपान र बसोबासको व्यवस्था गरिएको छ भने स्थानीय सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । समारोहकै क्रममा धुलाबारीस्थित श्रद्धेय आश्रमको भवन प्रवेश समेत गरिने छ । भवन प्रवेशका क्रममा १३ जना ब्राह्मणबाट यज्ञ हवन समेत गरिने छ । बिहीबार सत्संग समारोह शुरू हुनुअघि बिहान शोभायात्रा गरिने छ ।

स्थानीय कला संस्कृतिको प्रवद्र्धनका लागि समारोहमा विभिन्न आध्यात्मिक, सांस्कृतिक कार्यक्रम र झाँकी समेत प्रस्तुत गरिने छन् । कर्णप्रिय वाद्यवाधक तथा गायकबाट प्रस्तुत हुने भवनकीर्तनले समेत भक्तजनलाई आध्यात्मिक मनोरञ्जन प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ३ : १४ बजे