काठमाडौं १५ , चैत / शिक्षा मन्त्रालयले यसै वर्षको प्रवेशिका परीक्षाबाट लागू हुने अक्षराङ्कन पद्धति (ग्रेडिङ सिस्टम) बारे उत्पन्न अन्योल चिर्न कार्यविधि ल्याएको छ । ‘विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति, कार्यान्वयन कार्यविधि, २०७२’ कार्यान्वयनका लागि शिक्षा विभाग, परीक्षा नियन्त्रण कार्यालय, जिल्ला शिक्षा कार्यालय, विद्यालय तह र शिक्षक तथा अभिभावकसम्मको भूमिका स्पष्ट गरिएको छ । राष्ट्रिय पाठ्यक्रम…