१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ताजपुरिया समाजको भवन निर्माण हुदै


२८ जेष्ठ २०७३, शुक्रबार  

0
Shares

गौरादह /   ताजपुरिया समाज कल्याण परिषद् केन्द्रिय कमिटिले   सभा हलसहितको भवन निर्माण गर्ने भएको छ । झापाको गौरादह नगरपालिका –२ मा उत्त भवन निर्माण गर्न लागेको हो । गौरादह –२ का अदब ताजपुरियाले सो भवनका लागि २ कठ्ठा जग्गा नि: शुल्क प्रदान गरेका हुन् । सो भवन निर्माणसंगै महाराज थानको मन्दिर समेत बनाइने ताजपुरिया समाज कल्याण परिषदका केन्द्रिय अध्यक्ष गंगाराम ताजपुरियाले जानकारी गराएका छन् । पहिलो चरणमा सभाहल निर्माण गरिने र क्रमश: कार्यालय सञ्चालनका लागि अन्य भवन निर्माण गर्दै लाने उनले बताए । भवन निर्माणका लागि आदिवासी जनजाति उत्थान प्रतिष्ठानले ४ लाख, शहरी विकास मन्त्रालयले १ लाख ५० हजार, अग्नि खरेल सांसदकोष बाट २ लाख र आन्तरिक कोषबाट १ लाख ५० हजारगरी जम्मा ९ लाख रुपैयाँ  वजेट निकासा भइसकेको जनाइएको छ । vawan1

प्रकाशित मिति : २८ जेष्ठ २०७३, शुक्रबार  २ : ५६ बजे