१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापाका अधिकांस स्थान डुवानमा, पुल बगाएपछि आवत जावतमा कठिनाई


८ असार २०७३, बुधबार  

0
Shares

झापा  ८, असार /  सोमबार रातिदेखि परेको भारी वर्षाका कारण झापाका विभिन्न गाविस र नगरपालिका जलमग्न भएका छन् । जिल्लाका मुख्य नदीहरु रतुवा, माइ, विरिङ्ग, हाडिया, निन्दा र मेचीमा पानीको बहाव बढेपछि यहााका दर्जनौं घर, टहरा डुबानमा परेका छन् ।
भद्रपुर नगरपालिका(५ र १० मा गरी करीब ३५ घर, गरामनी बजार पश्चिमपट्ट िकरीब १० घर, राजगढको जनता चोकमा ४ घर र सुरुङ्गाको उत्तरपट्टि रहेको बस्तीका करीब २५ घर डुबानमा परेको रेडक्रस झापाले जनाएको छ ।
दक्षिणी गाविस खजुरगाछी र गौरीगंज जोडने काठ र बाँसको पुल गौरीया खोलाले बगाएको छ ।  पुल नहुदा गौरीगंज र खजुरगाछी गाविसको सम्बन्ध विच्छेद भएको छ । हुलाकी राजमार्ग अन्तर्गत रहेको सो पुल खोलाले बगाएको हो । सो क्षेत्रका  अधिकांस विद्यालयहरु बन्द भएका छन् । कुमरखोद र टाघनडुब्बासहित राजगढ, खुदुनाबारी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।
रेडक्रसका कार्यक्रम अधिकृत अमर भण्डारीका अनुसार भद्रपुर नगरपालिकाको सुकुम्बासी बस्ती र मेची खोला भन्सार उत्तर दक्षिणको लाइन डुबानमा परेपछि उनीहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भद्रपुर नगरपालिकाको सहायतामा उनीहरुलाई भद्रपुर उच्च माविमा राखिएको छ । पानी पर्न काम भएपछि उद्दार गरिएका व्यक्तिहरु आफ्नो बास स्थानतर्फ जान थालेका छन् ।
राति पुन: सोही अनुपातमा पानी पर्यो भने स्थिति जटिल हुन सक्ने भन्दै सचेत रहन भनिएको छ । मेची, हाडिया र देउनिया नदी तथा झिल्मिलिया पैनीमा पानीको बहाव बढेपछि भऽपुर नगरक्षेत्रका विभिन्न ठाउा डुबानमा परेका थिए ।
डुबान भएको क्षेत्रमा रहेका स्थानीयलाई प्रहरी परिचालन गरी सुरक्षित स्थानमा सारिएको थियो । देउनिया खोलामा आएको बाढीले हल्दिबारी र भद्रपुर नगरपालिका जोड्ने पुल समेत बगाएको स्थानीयले जनाएका छन् ।
इटहरी र कैलालीका बस्ती पनि डुबानमा परेका छन् । bato1

प्रकाशित मिति : ८ असार २०७३, बुधबार  ७ : ३० बजे