१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रिय महिला सशक्तीकरण संस्था गौरीगंजको पाँचौ साधारणसभा सम्पन्न



गौरीगंज २५, भदौं / राष्ट्रिय महिला सशक्तीकरण संस्था गौरीगंजले पाँचौ साधारणसभा आज सम्पन्न गरेको छ । गौरीगंज गाउँ पालिका वडा नं ३ को सभाहलमा सम्पन्न साधारणसभामा संस्थाकी अध्यक्ष तथा कार्यक्रमकी सभापति नौताली राजवंशीले संस्थाको बार्षिक र आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन ।
सोहि कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, वडा सदस्य गंगा राजवंशी, ग्रामीण तथा शहरी विकास नेपालका उपाध्यक्ष सन्तोष श्रेष्ठ, वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वडा सदस्य सर्मिला राजवंशलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको स्वागत नैना भुजेलले गरेकी थिएन भने सञ्चालन संस्थाकी सचिव आमासी राजवंशीले गरेकी थिइन् । गौरीगंज गाउँपालिकाको वार्ड नं. १ देखि ६ सम्म विभिन्न महिला समुहहरु गठन गरी महिलाहरु सशक्तिकरणमा मुख्य भूमिका खेल्दै आएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ८ : १४ बजे