१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

द्रोणाचार्य पुरस्कार मैनालीलाई ,राइजिङ स्टार पुरस्कार आत्मा राम राजवंशीसहित पाँच जनालाई


१ असार २०७३, बुधबार  

0
Shares

 

purskar jane pp

विर्तामोड /  प्रेस चौतारी झापाले द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार पत्रकार रघु मैनालीलाई दिने निर्णय गरेको छ । बुधबार चौतारीको कार्यालयमा बसेको पुरस्कार छनौट समितिको बैठकले १५ हजार रुपैयाँ राशीको पुरस्कार क्षेत्रीलाई दिने निर्णय गरेको हो ।

झापाबाट पत्रकारिता सुरु गरी राष्ट्रियस्तरमा ख्यातिप्राप्त आर्जन गर्न सफल पत्रकारलाई सो पुरस्कार वितरण गर्दै गरिदै आएको छ । यसअघि नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष शिव गाउँलेलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी चौतारीले राइजिङ स्टार पुरस्कार ५ जना उदीयमान पत्रकारलाई दिने निर्णय गरेको छ । सोही पुरस्कारको राशी ३ हजार ३०० रुपैयाँ रहेको प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेलले बताए । राइजिङ स्टार पुरस्कारबाट पुरस्कृत हुने पत्रकारहरुमा हिमशिखर टेलिभिजनकी लक्ष्मी नेपाल,साझामञ्च डटकमकी डेक्स सम्पादक सुनिरा मैनाली, कोचिला न्यूज डटकमका सम्पादक आत्मराम राजवंशी, आँगन एफएमका दिपेन लावती र सिमाना एफएमका समाचार सम्पादक अशोक अधिकारी रहेका छन् ।

सो पुरस्कार यही असार ६ गते क्षेत्रीको स्मृति दिवसको अवसर पारेर वितरण गरिने छनौट समितिले जनाएको छ । चौतारीले सो पुरस्कार प्रत्येक तीन तीन बर्षमा वितरण गर्दै आएको छ ।

पुस्कार वितरण गर्दा चौतारीले प्रत्येक तीन बर्षमा एक पटक जिल्लामा र अर्कोपटक जिल्ला बाहिर रहेका पत्रकारलाई वितरण गर्दै आएको छ ।
यस अघि जिल्लामा सो पुरस्कारबाट कान्तिपुर दैनिकका समाचारदाता लीला बराल र स्वाधीन सम्वादका सम्पादक माधव विद्रोही पुरस्कत भइरहेका छन् ।

अध्यक्ष मुक्ति पौडेलको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल गड्तौला, पूर्व जिल्ला अध्यक्ष गोपाल काफ्ले, पूर्व पुरस्कृत व्यक्तित्व माधव विद्रोही र सचिव प्रदीप परियार रहेका थिए ।

प्रकाशित मिति : १ असार २०७३, बुधबार  १० : ०४ बजे