११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

दाइजोले बढायो कुरीति


३० जेष्ठ २०७३, आइतबार  

0
Shares

झापा /  कानुनले  दाइजोलाई  गैरकानुनी ठहर गरेपनि समाजमा दाइजो संस्कारका रुपमा रहिरहदा यो प्रथा महिला हिंसाको प्रमुख कारण बनिरहेको छ । विशेष गरी तराईका जिल्लाहरुमा यो प्रथा कायम छ । शिक्षित वर्गले पनि दाइजोलाई साखको रुपमा लिएको प्रवृति हावी भएकोले यो प्रथा अन्त्य हुन नसकेको हो । यसका लागि समाज आफै चेतनशील हुन जरुरी छ । यसका रोकथामका  लागि शिक्षा र चेतनालाई व्यापक बनाइनुपर्छ भन्ने धेरैको बुझाईछ  ।
विशेष गरी तराईका जिल्लाका विद्यालयहरुमा कक्षा ८ मा पढदाको छात्राको संख्या कक्षा १० पुग्दासम्म त्यसको संख्या घटेको पाइन्छ । कक्षा १० नपुग्दै  उनीहरुको विहेवारी भइसकेको हुन्छ । तराईका पुर्वी जिल्लाहरुमा बेहुला पक्षले मोटरसाइकल, सुन चाँदी  तथा नगद दाइदो माग्ने प्रचलन रहेको छ । मोटरसाइकल दिदा बेहुला पक्षको साख रहने र बेहुली पक्षले पनि छोरीलाई मोटरसाइकल दिन पाउँदा आफ्नो इज्जत समाजमा बढेको सम्झन्छन् । झापा खजुरगाछीका   समाजसेवी कमलप्रसाद राजवंशीले यो चलन राम्रो नभएको बताउँछन् । ‘दाइजो दिएर छोरी चेलीको विहे गराउनु नै हुन्न’ उनले भने – यसले समाजमा कुरीति बढाउँछ । ’  दाइजो कम  ल्याएको निहुँमा धेरै बुहारीहरुको ज्यान समेत गएको घटनाहरु हाम्रो समाजमा हुने गछनर्् ।  जसले महिला हिंसालाई बढाबा दिएको छ ।  ‘छोरी चेलीलाई विहेको बेला खुशीले उपहार स्वरुप केही रकम, सरसमान दिनुसम्म ठिकै हो’ – समाजसेवी राजवंशीले भने –‘तर यसलाई गलतरुपमा माग  नै तेर्साएर बाध्यताबस दाइजो लिनु हुदैन ।’
झापाको खजुरगाछी –६ का  कपितनाराण राजवंशीकी छोरी र मोरङका कविराज राजवंशीका छोरासँग विहेको सबैकुरा मिलिसकेको र विहेको अन्तिम चरणको व्यवस्थापन भइरहेको बेलामा बेहुला पक्षले एउटा महगो खालको मोटरसाइकलको माग तेर्साएपछि  विहे हुनसकेन । हुनत बेहुला पक्षको मोटर साइकल किन्ने हैसियत नभएको होइन । तर दाइजो माग्ने सोच उनमा हावी भएकोले मोटरसाइकल दाइजो मागेको हो ।
आर्थिक रुपमा बिपन्न बन्दै गएपनि राजबंशी, ताजपुरिया, गन्गाईहरुको बिवाहमा फर्माईश बढ्दै गएको छ । राजवंशी समाज विकास समितिका केन्द्रिय सल्लाहाकार देवी प्रसाद राजवंशीले दाइजो दिने चलनले महिला हिंसा बढेको बताउँछन् । उनले भने– ‘महिला हिंसालाई केलाउँदा बढि  दाइजो कै कारण भएको पाउँछौ ।’
उहिले बिघाहा बिघाहा जग्गा हुदाँ साईकल, घडी, रेडियो दाईजो दिने उनीहरुमा अहिले कठ्ठामा झर्दा मोटरसाईकल र प्रतिस्पर्धामा नगद  दाईजो दिने चलन चल्न थालिसकेको छ ।
कमाउनु भन्दा पनि अर्काको देखासिकी गर्दै खर्च गर्ने परम्परा  हाबी हुदै जादाँ भए भरको जग्गा सबै बेचेर भोली छोरीलाई कार पनि दाईजो दिने चलन चल्न सक्छ । अहिले जोसुकैको विहेघरमा पनि कति दाइजो आयो वा बेहुली पक्षबाट कति दान आयो भन्ने प्रश्न प्रधान रुपमा  उठ्दछ । मोटरसाइकल दाइजो दियो कि दिएन भन्ने विषय प्रमुख हुन्छ ।  यस्ता सामाजिक विकृतिहरुलाई बढावा दिईरहेका उनीहरुलाई नयाँ युवा पुस्तामा  शिक्षा र चेतनाको स्तर बढाउनु जरुरी छ ।  bihe 2

प्रकाशित मिति : ३० जेष्ठ २०७३, आइतबार  २ : १९ बजे