बिराटनगर११, असोज / मधेशलाई छुट्टै राज्य बनाउने भन्दै सीके राउतले गर्दै आएको गतिविधिलाई कडाइ गर्नुपर्ने विषय प्रदेश संसदमा उठेको छ । एक नम्बर प्रदेशसभाको बसेको बैठकमा बोल्दै सांसद इन्दीरा राईले राष्ट्रिय अखण्डताको विरुद्धमा भइरहेको गतिविधिलाई सामान्यरुपमा लिन नहुने बताउनुभयो । संविधान दिवसका दिन सुरक्षा घेराभित्रै जनकपुरमा विखण्डनकारीको सभा हुनु गम्भीर विषय भएको भन्दै उहाले सम्पुर्ण…