१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शनिवारीय बिशेष : विराटनगरमा थारु मोडल कला संस्कृती संरक्षणमा, यस्ता थिए थारु परिकार


१३ आश्विन २०७५, शनिबार  

0
Shares

sanibariya-fhoto-featured
प्रेम देवान
विराटनगर १३, असोज / पुराना परिकार नयाँ पुस्ताले भुल्दैछन् । युवा पुस्तामा थारु परिकार बनाउने चलन हराउँदै जान थालेकोमा जानकारहरु पनि चिन्तित छन् । तर यतिबेला थारु युवा युवती मोडलहरु यसलाई जिवन्त राख्न लागि परेका छन् । थारु कला केन्द्रले युवा युवतीहरुमा भएको प्रतिभालाई बाहिर ल्याउन प्रदेश स्तरीय थारु आइकन २०१८ आयोजना गरिरहरँदा सहभागी मोडलहरुलाई थारु परिकार बनाउने अभ्यास गराईँदै छ ।
प्रदेश नम्बर एकका विभिन्न जिल्लाका अडिसनबाट छनौट भएका ४२ जना थारु समुदायका मोडलहरुलाई अहिले विभिन्न आन्तरिक प्रशिक्षण दिईएको हो । थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासका अनुसार अहिले विभिन्न शहरबाट छनौट भएका मिस्टर एण्ड मिस थारु आईकनहरुलाई विराटनगरमा थारु कला संस्कृति, भेषभुषा, भाषा, पौराणिक तथा ऐतिहासिक लोपउन्मुख कला , लोक संस्कृति नृत्यको बारेमा अन्तरिक प्रशिक्षणमा राखिएको हो ।
यसैविच मिष्टर एण्ड मिस थारु आइकनक २०१८ का प्रतिप्रधीहरुले थारु समुदायको खानेकुराका परिकार बनाएका छन् । विराटनगर ९ मा रहेको लर्ड बुद्ध कलेजमा उनीहरुले थारु परिकार बनाएका हुन् । अहिलेका पुस्तालाई थारु समुदायको परिकार बारेमा बनाउने तरिकाबारे प्रशिक्षण दिएको मिस्टर एण्ड मिस थारु आईकन २०१८ का ईभेन्ट मेनेजर प्रवलदिप विस्वासले जाकारी दिए ।
मोडलहरुलाई मोडलिङ मात्र नभएर थारु समुदायको भाषा,सस्कृती , लोप उन्मुख कलाको बारे पनि प्रशिक्षण दिएको विस्वासले बताए । मिस्टर एण्ड मिस थारु आईकनहरुले थारु समुदायको वगिया, भक्का, सितुवा, गगांटा, घोङ्गी, आलुचप, पकौडा, सिद्रा, माछा लगायतका परिकार बनाएर प्रदर्शन गरेका थिए । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको उक्त अडिनबाट प्रथम हुने ६ जना बिजेतालाई २ लाख पुरस्कार प्रदान गरिने छ । मिस्टर एण्ड मिस थारु आईकन २०१८ को कोरियोग्राफी मोडल सपना राजवशीले गर्दै आएकी छिन् ।
शौरभ चौधरी, विशाल चौधरी, अमित चौधरी, मनिलाल चौधरी, शुसान्त कुमार सरदार, अमन चौधरी, जीतनाराण चौधरी, गणेश चौधरी, सिजन चौधरी, अनिस चौधरी,गौरव विस्वास,ओमप्रकाश चौधरी, तेजेन्द्र कुमार विस्वास,मुकेश कुमार चौधरी,शुभाष कुमार चौधरी,जीवन माझी रहेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार  ५ : ३० बजे