११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

महाभरामा स्वास्थ्य शिविर,१ सय भन्दाबढीले लिए स्वास्थ लाभ


२७ पुस २०७५, शुक्रबार  

0
Shares

20190111_133758

गाैरीगंज २७, पुस /

गौरीगंज गाउँपालिका वडा नं. १ महाभारामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गौरीगंज गाउँपालिका वडा नं.१ ले त्यस क्षेत्रका महिलाहरूलाई सेवा दिन निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । महाभारा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा गौरीगंज गाउँपालिका भित्रका १ सय भन्दा बढीले स्वास्थ्य लाभ लिएका थिए । कञ्चनजंघा हस्पिटल प्रालि बिर्तामोडको प्राविधिक सहयोग रहेको शिविरमा स्त्री रोग, प्रसुति रोग, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने, सेतोपानी बग्ने, पिसाब चाहिने, महिनावारी गड्बडी, सुरक्षित गर्भपतन सम्बन्धि परिक्षण गरेका थिए । कञ्चनजंघा हस्पिटलका डक्टर ममता घैया राजवंशी सहितको डक्टर टिमले स्वास्थ्य परिक्षण गरेको थियो । शिविरमा उपचारमा सहभागीहरूलाई निशुल्क औषधी वितरण गरिएको थियो । गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ , वडा नं. १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी, हस्पिटलका प्रबन्ध निर्देशक राम कुमार सिंह राजवंशी लगायतकाे सहभागीता थियाे ।

प्रकाशित मिति : २७ पुस २०७५, शुक्रबार  २ : २२ बजे