१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहका मेयर साहकी श्रीमतिलाई काेराेना संक्रमण, मेयर हाेम क्वारेन्टाइनमा


१८ आश्विन २०७७, आइतबार  

0
Shares

 

गाैरादह १८, असाेज / गौरादह नगरपालिका वार्ड -१ घर भएकी एक महिलालाई काेराेना संक्रमण पुष्टि भएकाे छ ।

गौरादह-१ घर भई वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्यकर्मीको रुपमा कार्यरत ४५ बर्षीय महिलामा हिजाे संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमित महिला गाैरादह नगरपालिकाका प्रमुख राेहितकुमार शाहकी श्रीमति हुन्।  श्रीमतिमा संक्रमणदेखिएसँगै प्रमुख साह  आफ्नै घरमा हाेम क्वारेन्टाइनमा बसेकाे  र श्रीमती घाेपामै  बसेकाे नगर प्रमुख साहले जानकारी गराएका छन्  ।

प्रमुख साहकाे भाेली पीसीआर परिक्षणका लागि स्वाव   संकलन गरिने र सम्पर्कमा रहेकाहरूकाे समेत स्वाब परिक्षण गर्ने उनले बताए । हाललाई  आफुमा त्यस्ताे काेराेना संक्रममणकाे कुनै लक्षण नदेखिएकाे र  अवस्था सामान्य रहेकाे उनले बताए । 

थप १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएसँगै गौरादहमा ८ महिला र १८ जना पुरुष गरि २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गौरादहमा ६ महिला र १५ पुरुष गरि २१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने गौरादह-१ का एक पुरुषको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १० : ४५ बजे