१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बिर्तामोडमा अनिश्चितकालिन लकडाउन


१८ श्रावण २०७७, आइतबार  

0
Shares

20200802_182732

विर्तामोड १८, साउन / झापाको विर्तामोड नगरपालिकाले नगरपालिका क्षेत्र भित्र अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको छ ।

आइतबार राति १२ बजेदेखि लकडाउन गरिने नगरपालिका कार्यालयले जनाएको छ। कोरोना भाइरस कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिदै गएको भन्दै नगर क्षेत्रमा बन्दाबन्दी गर्ने निर्णय गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।

बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने निर्णय गरेको बताइएको छ । स्वास्थ्य क्षेत्र बाहेकका सबै उद्योग व्यवसायहरु पूर्ण बन्द गर्ने, लामोदुरीका सवारीलाई भने बिर्तामोडमा रोक्न नदिई सिधै गन्तव्य तर्फ जान दिने निर्णय भएको छ । त्यसैगरी अतिआवश्यक खाद्यलगायतका ढुवानी गर्ने साधनलाई चल्न दिईने भएको छ त्यसमा स्वास्थ्य सुरक्षालाई उच्चतम ध्यान दिनु पर्ने नगर प्रवक्ता अग्नीप्रसाद पाण्डेल बताए ।

आईतबार नगरपालिकामा भएको सर्वपक्षिय बैठकमा जनप्रतिनिधी, प्रदेश सभाका सांसद, नागरिक समाज, कार्यपालिका समिति, उद्योग बाणिज्य संघ, सुरक्षा निकाय, बैकर्स, रेडक्रस लगायतका संघ–संस्थाको उपस्तिथी रहेको प्रवक्ता पाण्डेले बताए ।

बिर्तामोडमा संक्रमितसँगको ट्रेसिङ, टेस्टिङ गर्न अर्को सूूचना प्रकाशित नहुन्जेलका लागि लकडाउन हुने बताइएको छ । यस्तै नीजि तथा सार्वजानिक सवारी साधनलाई नगर क्षेत्रमा पूर्ण रुपमा निषेध गरिने बताइएको छ ।

यसैबीच किहान ८ बजेदेखि ११ बजेसम्म भने खाद्यन्न, दुध, तरकारी लगायतका पसलहरु सञ्चालन गर्न दिइने जनाइएको छ । कसैले लकडाउनको उल्लघन गरेमा कानुन अनुसार कारबाही गरिने बताइएको छ । झापामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण समुदायमा फैल्न सक्ने भन्दै त्रास सिर्जना भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १२ : ४४ बजे