१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विराटनगरलाई स्थायी राजधानी नबनाउने चलखेल विरुद्ध ब्यापारी संगठनको सक्रियता बढ्यो


१४ आश्विन २०७५, आइतबार  

0
Shares

20180930_104852
विराटनगर १४, असोज /
विराटनगरलाई स्थायी राजधानी नबनाउने चलखेल शुरु भएको भन्दै उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले गम्भीर छलफल शुरु गर्ने भएको छ । विराटनगरलाई स्थायी राजधानी हुन नदिनको चलखेल भएको आम जनमानसमा आभाष भएको र त्यसै प्रकृतिका कार्यहरु हुन थालेको दुबै संगठनको निश्कर्ष छ । यसरी भएको चलखेलको बिषयमा ब्यापक छलफल गरी प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाई खवरदारी तथा दबाबमूलक कार्यक्रमहरु गर्ने समेत तयारी भईरहेको जनाईएको छ ।
दवाव मुलक कार्यक्रम गर्ने बारेमा उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले आब्हान गर्दै आज विहान छलफल गर्ने भएको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताए । बिहान १० बजे उद्योग संगठन मोरङमा भेला हुनेगरी दुबै संगठनले सम्पूर्ण औद्योगिक, व्यवसायीक संघ संगठन, पत्रकार महासंघ, आम संचारकर्मी, कानुन तथा लेखा ब्यवसायीका संघ संगठन, निर्माण ब्यवसायी, प्राध्यापक तथा शिक्षक संघ संगठन, बिभिन्न कर्मचारी संघ संगठन, विभिन्न ट्रेड युनियनहरुका अध्यक्ष तथा प्रतिनिधिज्युहरुलाई बोलाईएको उनले बताए । त्यस्तै बुद्धिजीवी, सामाजिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न पेशागत संघ संगठनका अध्यक्ष लगायतका सरोकारवालासँग छलफल गर्न लागिएको मोरङ ब्यापार संघका अध्यक्ष पवन कुमार सारडाले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार  ५ : ०४ बजे