१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पत्रकार सुब्बालाई सहकारी पुरस्कार


१३ आश्विन २०७५, शनिबार  

0
Shares

aaa448c7f0b1559b7107f4a39e728beb.0
युबराज रेग्मी गौरादह १३, असोज / पत्रकार बिष्णु सुब्बा दमकको स्वतन्त्र बचत तथा ऋण सहकारीबाट पुरस्कृत भएका छन् । सहकारीको आज सप्पन्न सातौ बार्सिक साधारणसभाको एक कार्यक्रमका बीच सुब्बालाई सहकारीता पुरस्कार प्रदान गरिएको हो ।
सुब्बालाई नगद ७ हजार ५ रुपैया साथमा सम्मान पत्रसहित पुरस्कृत गरिएको थियो ।
पत्रकार सुब्बालाई दमक उध्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र सस्थाका अध्यक्ष इन्द्र राइले पुरस्कार प्रदान गरेका हुन् ।
त्यस अवसरमा सस्थाले उत्कृष्ट कारोबार गर्ने सेयर सदस्य ,उत्कृष्ट बाल बचत गर्ने बचतकर्ता ,ज्येष्ठ सदस्यलगायतलाई सामुहिक रूपमा प्रोत्साहन स्वरूप पुरस्कृत गरिएको अध्यक्ष राईले बताए। साधारणसभामा अध्यक्ष र लेखा संयोजकले प्रस्तुत गरेको प्रतिबेदन सस्थाको बन्दसत्रमा सुझाव सहित पारित गरिएको थियो । सोही साधारणसभाले राइको अध्यक्षतामा नयाँ संचालक समिती र तीन सदस्यीय लेखा समिती समेत गठन गरिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार  २ : ४२ बजे