१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा आजदेखि ‘पीडितको साथी प्रहरी’ कार्यक्रम सुरु


१५ आश्विन २०७५, सोमबार  

0
Shares

jhapa-police

गाैरीगंज १५, असोज /
झापालाई स्मार्ट पुलिसिङ बनाउने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय झापाले ‘पीडितको साथी प्रहरी कार्यक्रम’ सुरु गर्न लागेको छ ।
कुनै पनि घटना वा अपराधबाट पीडित व्यक्तिले प्रहरी कार्यालयमा गएर निवेदन वा जाहेरी दिएपछि त्यस बिषयमा पीडितले पटक–पटक प्रहरी कार्यालय धाइरहनु पर्ने बाध्यतालाई मध्यनजर गरी ‘पीडितको साथी प्रहरी कार्यक्रम’ सुरु गर्न लागेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद ढकालले जानकारी दिए । प्रहरी कार्यालय भद्रपुरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसपी ढकालले आजदेखि पीडित मैत्री कार्यक्रम जिल्लाभरी सुरु हुन लागेको बताए ।
पीडितलाई सहयाता गर्नका लागि जिल्लाका ७९ वटा प्रहरी युनिटमा “पीडित साथी” कार्यक्रमका लागि एक÷एक जना प्रहरी कर्मचारी तोकिनुका साथै छुट्र्टै डेक्स स्थापना गरिने उनले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार  ७ : ५० बजे