१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजधानी सार्ने चलखेलका बिरुद्ध विराटनगरवासी आक्रोशित, आन्दोलनको तयारी


१४ आश्विन २०७५, आइतबार  

0
Shares

DSC_0068

विराटनगर १४, असोज /
विराटनगरबाट स्थायी राजधानी अन्यत्र नसार्न बिराटनगरवासीले चेतावनी दिएका छन् । दर्जनौ संघ संगठनको उपस्थितीमा उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघमा आईतवार दुई चरणमा आयोजित छलफलमा उनीहरुले बिराटनगरलाई स्थायी राजधानी नबनाई अन्यत्रै लैजाने षड्यन्त्र नगर्न चेतावनी दिएका हुन ।

विराटनगरमा पर्याप्त भौतिक पुर्बाधार रहेको र ऐतिहाँसिक पहिचान बोकेकोले राजधानीको अर्को कुनै सहर खोज्ने झन्झट नब्यहोर्न प्रदेश सरकारलाई आग्रह गर्ने छलफलले निश्कर्ष निकालेको छ ।
पहिलो चरणमा सोमबार बिहान मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र मार्फत उच्च अदालत रहेकै स्थानमा राजधानी हुने संबैधानिक ब्यवस्था उल्लंघन नगर्न सचेत गराउने तयारी गरेको छ ।
विराटनगरमा भएको अहिलेको लगानीका आधारलाई हेर्दा पछिल्लो ५ बर्ष राजधानीकै लागि लगानीगर्नु पर्ने भएकोले तत्काल राजधानीका बिषय बिराटनगरलाई नै स्थायी तोकेर अघि बढ्न प्रदेश सरकारको बुद्धीमता हुने उनीहरुले बताएका छन् ।
छलफलमा सहभागी उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले विराटनगरमा बिद्यमान पुर्बाधार र आर्थिक सामाजिक सम्बन्ध र ऐतिहाँसिक बिशेषता राजधानीको लागि आधार हुने स्पष्ट पारे । मोरङ ब्यापार संघका अध्यक्ष पवन कुमार सारडाले स्थायी राजधानी अन्यत्रै लग्न खोजिए त्यसको क्षती प्रदेश सरकारले ब्यहोर्नु पर्ने चेतावनी दिए । उनले यदी स्थायी राजधानी विराटनगरलाई वाईपास गरी अन्यत्रै तोकिए त्यसको ७ दिन भित्र प्रदेश सरकार घुँडा टेक्न बाध्य पारिने उनले आक्रोश पोखे ।

प्रदेश सभा सदस्य केदार कार्कीले प्रदेश प्रमुखको कार्यालय धनकुटा, मुख्यमन्त्रीको आवास ईटहरी भएपनि कुनै अप्ठेरो नहुने तर प्रदेश संसद, मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरु बिराटनगर बाहिर लग्नै नहुने बताए । ब्यवस्थापिका र कार्यापालिका एकै सहरमा हुनु पर्ने उनको भनाई छ । अहिले सिंहदरवार र नयाँ बानेश्वर जानलाई मन्त्रीले भ्याएनन् भनेर संसद भवन सिंहदरवारमा सार्ने तयार संघीय सरकारले बनाई रहेको बेला प्रदेशले ब्यवस्थापिका र कार्यपालिका सार्ने तयारी हुनुले त्यसबाट ठुलो हानी हुने तर्क गरे । छलफलमा विराटनगर महानगरपालिकाका उप मेयर ईन्दीरा कार्की, विराट ब्यापार संघका शिव रिजाल, अर्थशास्त्री डा भेष प्रसाद धमला, बुद्धिजिवी उद्धव पोखरेल, टिकाराम पुरी लगायतले विराटनगरले स्थायी राजधानी गुमाउनु भनेको प्रदेशमा अस्थिरता निम्तनु रहेको बताए । उनीहरुले नचाहिँदा राजधानी सार्ने हल्ला चलाएर विकासको कामलाई प्रभावित पार्न खोजेको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार  १ : ४८ बजे