काठमाडौं १८, पुस / राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ १० देखि २५ गतेसम्म ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ गर्ने भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । राष्ट्रिय सार्वभौमिकता र पहिचान संकटमा पर्दै गएको भन्दै राप्रपाले राष्ट्रिय स्वाभिमान यात्रा गर्न लागेको जनाएको छ । बैठकमा पार्टी अध्यक्ष…