दमक १९, माघ / दमक नगरपालिकाले राष्ट्रिय भूमि आयोग झापाको समन्वयमा दमक १० का २७ भूमिहीन परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण गरेको छ ।वडा कार्यालयमा आज संक्षिप्त कार्यक्रमका गरि नगरपालिकाले सामूहिक रुपमा जग्गाधनी पुर्जा वितरण गरेको हो । आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यतामा भूमिहीनहरुलाई जग्गा धनी पुर्जा वितरण गरिएको वडाअध्यक्ष राजेन्द्र भण्डारीले बताए…