१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लागुऔषध दुव्र्यसनीविरुद्धको ७ दिने अभियान गौरीगंजमा शुभारम्भ, गौरीगंज लागुऔषधको अखडा बन्दै



गौरीगंज २४, फागुन / गौरीगंज गाउँपालिकाले लागुऔषध दुव्र्यशनीविरुद्धको ७ दिने अभियान सुरु गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलालले दिप प्रज्ज्वलन गरी उत्त अभियानको शुभारम्भ गरेका हुन् ।
गौरीगंज गाउँपालिकाको आयोजनामा आज विहिवार भएको शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बास्तोलाले भने,‘समाजमा लागुऔषध दुव्र्यशनीकै कारण अपराध जन्मिएको बताउदै न्यूनीकरणमा सबै पक्ष गम्भीर बन्नुपर्ने भन्दै सहयोगका लागि अपिल गरेका छन् । उनले भने, ‘समाजमा तपाई हाम्रा कारणले लागुऔषध दुव्र्यशनी बढिरहेको छ । अब न्यूनीकरणमा पनि हामीले नै सक्रियता जनाउनुपर्छ,। हामीले चाहेर मात्र लागुऔषध दुव्र्यशनी न्यूनीकरण गर्न सकिदैन । यो कुरामा सबैले सहयोग गर्नुपर्छ ।’

झापाका प्रहरी प्रमुख मिलन केसीले लागुऔषधको कारोबार र प्रयोग नियन्त्रण गर्नेगरी सीमा क्षेत्रमा चेकजाँचमा कडाई गर्दै ड्रग किटसंगै होल्डिङ्ग सेन्टरको व्यवस्था गर्नु पर्ने बताए । लागुऔषध दुव्र्यशनी न्यूकरणीको यस ७ दिने अभियान अघि बढेकोले समुदायको साथ भए धेरै हदसम्म गौरीगंज गाउँपालिकामा नियन्त्रण गर्न सकिनेमा आशावादी रहेको उनको भनाई थियो । नेपालमा लागु औषध दुव्र्यसनीहरुको संख्या बढ्दै गएको र त्यसमा पनि झापा दोस्रो स्थानमा रहेकोले त्यसलाई न्युनीकरणका लागि यस प्रकारको अभियानले ठुलो भुमिका खेल्ने प्रहरी प्रमुख केसीले बताए । मेचीनगरपालिका र गौरीगंज गाउँपालिका लागु औषध प्रयोगकर्ताहरु अत्यधिक भएकोले त्यसको न्युणीकरणमा सबैले विशेष चासो लिनु पर्ने प्रहरी प्रमुख केसीको आग्रह थियो ।
सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले लागुऔषध सम्बन्धीका अप्रेशनका अतिरिक्त विद्यालय–विद्यालयमा लागुऔषध, साइबर अपराध लगायतका बारेमा जनचेतना मुलक कार्यक्रम सञ्चालनसंगै समुदाय स्तरमा विभिन्न समितिहरु गठन गरेर अभियानलाई परिणाममुखी बनाउनु पर्ने बताए ।
गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष राजवंशीले सरकारी कार्यालय लगायत अन्य सरोकारवाला कार्यालयहरुको एकसय मिटर वरीपरि सूर्ती जन्यपदार्थको बेचविखन र लागुऔषधका रुपमा प्रयोग हुने औषधीको बिक्रि वितरणमा रोक लगाइने बताइन् । लागुऔषध विरुद्वको अभियानमा सरोकारवाला सम्पुर्ण संघसंस्था तथा व्यक्तिहरुमा सहयोगको अपिल गरेकी छन् ।

गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरीले लागु औषध मानव जातीको लागि हानीकरक भएकोले यसलाई जरैदेखि उन्मुलन गर्नु पर्ने बताए । खुल्ला सिमाको फाइदा उठाउँदै लागु औषध प्रयोगकर्ताहरु सहजै भारतबाट ल्याउने भएकोले सीमामा कडाई गर्नुपर्ने वडा अध्उयक्ष गिरीको भनाई थियो । वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादवले लागु औषध विरुद्वको यो सात दिने अभियान सफल बनाउन सबैको साथ सहयोग हुनुपर्ने बताए । कार्यक्रममा इलाका प्रशाासन कार्यालय गौरीगंजका प्रमख चुडामणी आँपगाईले लागुऔषध विरुद्वको ७ दिने सचेतना अभियानबार कार्यपत्र प्रस्तुत गरेका थिए । लागुऔषध विरुद्वको अभियानको कार्यपत्रमा लागु औषध भनेको के हो ? लागु औषध दुव्र्यसनका कारणहरु, लागु औषध प्रयोगकर्ताहरुमा देखिने लक्षणहरु, लागु औषध दुव्र्यसनबाट हुने असर र प्रभावबारे इलाका प्रशासन प्रमुख आपँगाईले बताएका थिए । गौरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज थापाले स्वागत गरेको कार्यक्रममा झापा उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतो, शसस्त्र सिमा सुरक्षा बल गौरीगंजका डिएसपी विष्णुहरी घिमिरे, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरिक्षक अरविन्द मेहताजनप्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु, कर्मचारीहरु, विद्यालयका शिक्षक तथा प्रअहरुलगायत विद्यार्थीहरुको सहभागीता थियो । खजुरगाछी माविका विद्यार्थीहरुले स्वागत नृत्य र स्नोव्हाट बोर्डिङ्ग स्कुलका विद्याथीहरु स्काउट मार्चपास प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ३ : ०५ बजे