११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

कस्ले जाेगाई दिने गाैरीगंजकाे त्रिभुवन आर्दर्श पुस्तकालयकाे आदर्श ? , २०४९ सालदेखि नविकरणनै भएकाे छैन्


१५ भाद्र २०७७, सोमबार  

0
Shares

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे त्रिभुवन आदर्श पुस्तकालय 

सन्दर्भ : १३औं राष्ट्रिय पुस्तकालय दिवस

आत्माराम राजवंशी

गाैरीगंज १५ भदाैं / झापा गाैरीगंजकाे ६६ वर्ष ऐतिहासिक महत्त्व बाेकेकाे गाैरीगंज गाउँपालिका वार्डनं. ६ स्थित खजुरगाछीमा रहेकाे त्रिभुवन आदर्श पुस्तकालय गुमनाम जस्तै छ ।

सात सालको जनक्रान्ति सफल भएपछि पूर्वी नेपालमा गठित पहिलो जनसरकारले २०११ सालमा स्थापना गरेको त्रिभुवन अार्दश पुस्तकालय विगतमा चर्चित रहे पाठक गुमाएर संकटबाट गुज्रिरहेको छ । भौतिक तथा साधन स्रोतले सक्षम भएपनि पुस्तकालयप्रति अध्ययनमा रुची राख्ने नयाँ पुस्ता आकर्षित नहुँदा पुस्तकालय सुनसान भएकाेे हाे ।

ऐतिहासिक महत्व बोकेको ६६ वर्ष पुरानो झापाको यो पुस्तकालय विगत दुई दशक यता पाठकविहीन अवस्थामा छ ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे खजुरगाछी बजारमा दुई कठ्ठा जग्गामा निर्माण भएको एक तले पक्की भवनमा यो पुस्तकालय छ । एक हजार पुस्तक संग्रहित यो पुस्तकालयको गौरादह–९ बैगुनधुरामा आफ्नै स्वामित्व रहेको खेतीयोग्य करिब चार विघा जग्गा छ भने भवन रहेकाे जग्गा करिव २ कठ्ठा जग्गा छ । तर पुस्तकालय व्यवस्थापन समितिकाे कमजाेरीले २०४९ सालदेखि पुस्तकालयकाे नविकरणसमेत हुन सकेकाे छैन ।

गाैरीगंज -६ मा २ कठ्ठा आफ्नै जग्गामा एक तले पक्की भवनमा सञ्चालित त्रिभुवन आदर्श पुस्तकालयको दुई काेठा मध्ये १ वटामा पुस्तकहरू  छन्  भने त्यहाँ राखिएका किताबहरु कीरा र मुसाले ढुट्याइसकेका छन् । पुस्तकालयकाे अर्काे   कोठाका झ्यालढोका काम नलाग्ने अवस्थामा छन् भने  पाठकहरूकाे लागि अध्ययन गर्न केही बेन्च तथा कुर्सी राखिएका छन् त्याे पनि कतिपय त भाँच्चिएका छन् ।

पुस्तकालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष नवीन जाेशीले पुस्तकालयकाे दर्ता धेरै वर्ष देखि नविकरण नभएकाे स्वीकार्छन् । पुस्तकालयकाे नविकरणका लागि दिएपनि लकडाउनका कारण अघि बढ्न नसकेकाे उनले बताए ।

पुस्तकालयसंगैकाे खाली जग्गामा स्थानिय व्यापारीले महिनाकाे ३ सय ५० रूपैयाँ महिनाकाे दरले भाडामा लिएका छन् । पुस्तकालयकाे नाममा दर्ता रहेकाे ४ विघा धान खेतबाट वर्षकाे २०/ २५ हजार रूपैयाँमा ठेक्का स्वरूप लिने गरेकाे अध्यक्ष जाेशीले बताए ।

एक जना कर्मचारीले बिहान र बेलुका पुस्तकालय खुला गरेर नियमित रेखदेख गर्दै आएपनि पुस्तक पढ्ने पाठकहरु भने आकर्षित हुन सकेका छैनन् । पुस्तकालयमा खटिएका कर्मचारीलाई महिनाकाे १ हजार रूपैयाँ दिने गरेकाे उनले बताए ।

पुस्तकालयकाे जिम्मा अब स्थानिय सरकारले लिनुपर्छ : प्राध्यापक अर्जुन दंगाल 

“पढ्न भनेर कोही आउँदैनन्, सरकारले समेत यसको संरक्षण र सञ्चालनमा कुनै ध्यान दिएको छैन” – प्राध्यापक अर्जुन दंगाल भन्छन् ।
इतिहास बोकेको यो पुस्तकालयको संरक्षण र सञ्चालन गर्ने जिम्मेवारी पुस्तकालय व्यवस्थापन समितिकाे हाे तर समिति निष्क्रिय भएपछि स्थानीय सरकारले त्यस्काे जिम्मेवारी लिनुपर्छ प्राध्यापक दंगाल बताउँछन् ।

पुस्तकालयमा तत्कालिन राजा महेन्द्र सरकारकाे आगमन भएकाे पुुुुरानाे अभिलेखमा उल्लेख छ । वि.सं. २०११ सालमा पुस्तकालय स्थापना हुनु भनेकाे त्यसबेला यस क्षेत्रमा सचेत नागरिक शिक्षाप्रेमीहरूकाे बसाेबास भएकाे बुझिन्छ । जुन नेपालकै पुरानाे पुस्तकालय मध्येकाे याे त्रिभुवन आदर्श पुस्तकालय पनि हाे ।

स्थानिय सरकारले हस्तक्षेप गरि पुस्तकालयलाई पुर्जिवितका लागि कम्प्युटर, प्रिन्टर र इन्टरनेट जस्ता उपकरणसहितको सूचना केन्द्र, वाचनालय र पुस्तक सङ्ग्रहालय निर्माण गर्नु पर्ने यहाँकाे स्थानियकाे भनाई छ ।

मदन पुरस्कार विजेता दाैलत विक्रम विष्टकाे  साहित्य साधना 

याे त्रिभुवन आदर्श पुस्तकालयमा मदन पुरस्कार विजेता दाैलत विक्रम विस्टले २०१२ साल माघ १ गते अवलाेकन तथा अध्ययन गरेकाे ईतिहास उपस्थिति पुस्तिकामा उल्लेख छ । उनी २०४५ सालमा ३ बर्ष गाैरीगंज बसेर साहित्य साधना यीनै पुस्तकालयमा गरेका थिए ।

सात सालमा प्रजातन्त्र आउनु अघि नै पूर्वी नेपालमा भैरवप्रसाद आचार्य गवर्नर रहेको पहिलो समानान्तर सरकार गठन भएको इतिहास छ । उक्त सरकारका शिक्षामन्त्री थिए, भाषाशास्त्री महानन्द सापकोटा । भाषाशास्त्री सापकोटाकै पहलमा २००८ सालमा स्थापना भएको देशकै चर्चित भद्रपुर पुस्तकालयमा पुस्तक पढ्न भनेर स्थापना गरिएकाे थियाे । त्यसैक्रममा गाैरीगंजमा पनि केही वर्षपछि पुस्तकालय स्थापना भएकाे ईतिहास पाउन सकिन्छ ।

 

दाैलत विक्रम विस्टले २०१२ साल माघ १ गते अवलाेकन तथा अध्ययन गरेकाे ईतिहास उपस्थिति पुस्तिका

पुस्तकालय गाउँपालिकाकाे सम्पति हाे : बाबुराजा श्रेष्ठ 

गाैरीगंज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठले त्रिभुवन पुस्तकालय विगतमा राजनीतिक खिचातानीका कारणले धराशायी भएको बताए ।“विगतमा जे भए पनि यो पुस्तकालय गाैरीगंजकाे सम्पत्ति हो र यसलाई पुनः सञ्चालन गर्ने विषयमा हामी सकारात्मक छौँ” – गाउँपालिका प्रमुख श्रेष्ठ भन्छन् ।

शिक्षाप्रेमी केशर बहादुर श्रेष्ठकाे भनाई 

राजनीतिक, सामाजिक र शैक्षिक रुपमा अग्रणी जिल्लाको रुपमा चिनिएको झापामा २००७ सालको परिवर्तनपछि दर्जनौँ स्थानमा पुस्तकालय खोलिएका थिए ।
पुस्तकालयकाे स्थापनाकाल २०११ साल देखि पुस्तकालयकाे व्यवस्थापनमा सेवा गरेका शिक्षाप्रेमी केशर बहादुर श्रेष्ठले गाैरीगंज बजार बसाउने तत्कालीन विर्ता प्रमुख भत्त बहादुर कर्णेल भएकाे बताउछन् । उनी विर्ता प्रमुख हुदा नै उनले त्रिभुवन अादर्श पुस्तकालयकाे स्थापना, काेटेश्वर शिवालय मन्दिर, साविक गाैरीगंज खजुरगाछी गाविस बीच बग्ने गाैरीया खाेलाकाे काठे पुल निर्माण, गाैरीगंज बजार (महेन्द्रनगर बजार) नक्साकंन गराएकाे श्रेष्ठ बताउँछन् ।
पत्रकार अात्माराम राजवंशीसंगकाे एक भिडियाे अन्तरवार्तामा श्रेष्ठले भनेका छन् -‘पुस्तकालय स्थापना बेला भारतकाे बनारसबाट पुस्तकहरू ल्याएका थियाैं । त्यसबेला भारतीय राजदुतावासले पनि पुस्तक उपलब्ध गराउथ्याे । विर्ता प्रमुख भत्त बहादुर कर्णेल, वल बहादुर सिंह, शंकर प्रसाद उपाध्यायलगायतकाे विशेष पहलबाट पुस्तकालय स्थापना भएकाे थियाे ।
विस २००८ साल तिर हालकाे गाैरीगंज मावि त्यसबेला मिडिल इङ्गलिस स्कुल नामाकरण गरिएकाे थियाे । शुरूका दिनमा त्यहि विध्यालयमा पुस्तकालय थियाे । भवन बनेपछि अाफ्नै जग्गामा पुस्तकालय सारिएकाे थियाे । २०११ सालदेखि २०२२ सालसम्म पुस्तकालयमा सेवा दिएका थिए ।
पुस्तकालयमा लाउडस्पिकर पनि राखिएकाे थियाे । त्यहि लाउडस्पिकरबाट रेडियो नेपाल र भारतीय च्यानलबाट अाएका समाचार वा जानकारी त्यहि लाउडस्पिकरबाट गाउँले सबैलाई सुनिने गरि समाचार सुनाउने चलन थियाे ।’ उनलेे भने – ‘ याे पुस्तकालय साहित्यकारहरूकाे लागि साहित्य साधना गर्ने केन्द्र थियाे ।’

प्रजातन्त्रमाथि प्रतिबन्ध लगाइएको पञ्चायतकालीन अवस्थामा समेत झापाका चेतनशील युवाले गाउँगाउँमा पुस्तकालय र वाचनालय खोलेर राजनीतिक आन्दोलनलाई ऊर्जा भर्ने कार्य गर्दथे । तर अहिले नयाँ पुस्तकालय खोल्ने क्रम ठप्प जस्तै छ भने पुराना र ऐतिहासिक महत्व बोकेका पुस्तकालयसमेत बन्द हुने अवस्थामा पुगेका छन् ।

बर्सेनि एकलाख पाउने अनुदान पनि गुमाउदै 

संघिय सरकारले केही बर्ष यता एक स्थानिय तहमा एक सामुदायिक अध्ययन केन्द्र रहने नीति ल्याएकाे छ । त्यसअनुरूप संघिय सरकारले प्रत्येक स्थानिय तहका अध्ययन केन्द्रलाई अवस्था हेरी १ लाख रूपैयाँ भन्दा माथि अनुदान समेत दिदै आएकाे छ । तर गाैरीगंज गाउँपालिकामा अध्ययन केन्द्रकाे रूपमा त्रिभुवन अार्दश पुस्तकालय हुदाँहुदै वर्षाैदेखि त्यसकाे नविकरण नहुदाँ पाउने अनुदान पनि फिर्ता गएकाे गाैरीगंज शिक्षा शाखाका अधिकृत केशव भट्टराई बताउँछन् ।

गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा 
गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समितिका संयाेजक दिपिन्द्र थापाले पुरानाे ऐतिहासिक महत्व बाेकेकाे त्रिभुवन आदर्श पुस्तकालय सञ्चालनमा समितिकाे निश्क्रियताले पुस्तकालय जिर्ण अवस्थामा पुगेकै हाे तर यसलाई गाउँपालिकाकाे शिक्षा शाखाले पुस्तकालयलाई पुर्नजिवन दिन आवश्यक पहल गर्ने बताए ।
काेराेना भाईरसकाे महामारी अलिक केही साम्य हुने वितिकै शिक्षा शाखाले पुस्तकालयकाे विषयमा छलफल गरि आवश्यक कदम चाल्ने र पुस्तकालयलाई चलायमान गरिने उपाध्यक्ष थापाकाे भनाई थियाे ।

 

 

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ११ : ५७ बजे