७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

काेराेना भाइरस भित्रन नदिन गाैरादहमा सचेतना


२९ फाल्गुन २०७६, बिहिबार  

0
Shares

20200312_191114
गौरादह २९, फागुन /खुल्ला सिमनाका कारण झापाकाे दक्षिणी सिमनाबाट नेपाल भारत मानिसहरुकाे ओहाेरदाेहाेर भइरहने भएकाले काेराेना भित्रिन सक्ने सम्भावनालाई ध्यानमा राखि नियन्त्रण गर्न गौरादह नगर स्वास्थ्य शाखाले आवश्यक प्रक्रिया सुरु गरेकाे छ । काेराेना भाइरस भित्रन नदिन सबैमा सचेत गराउन नियन्त्रणका लागि गौरादह नगर स्वास्थ्य शाखाले प्रचारप्रसारलाई तिब्रता दिएकाे छ। नगर स्वास्थ्य शाखले स्वास्थ्य सेवाका कर्मचारीलाई दिइने तालिम,सेमिनार र गाेष्ठीलाई स्थगन गरि काेराेना नियन्त्रणमा नगर स्वास्थ्य शाखाकाे ध्यान केन्द्रीत भएकाे गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले बताए। नगर स्वास्थ्य शाखा गौरादहले नगरपालिका भित्रका सबै वडाका गाउँ-गाउँमा माइकिङ गरि सबैलाई सचेत रहन आग्रह गरेकाे छ । विस्वभर काेराेना भाइरसकाे संक्रमण फैलिरहेकाे समयमा त्यसकाे प्रभाव झापामा पनि पर्न सक्ने भएकाले नियन्त्रणका लागि दक्षिणी क्षेत्रका संघ संस्थाहरुले समेत प्रचारप्रसार गरिरहेकाे समयमा नगर स्वास्थ्य शाखाले पहिले चरणमा प्रचारप्रसार गर्न सुरु गरेेकाेछ। नगर स्वास्थ्य शाखा प्रमुख भट्टराईका अनुसार काेराेना भाइरस संक्रमणलाई नियन्त्रण गर्न नगर भित्रका केही वडाहरुमा जनचेतना मुलक कार्यक्रम संचालन गरिएकाे र अन्य वडाहरुमा सचेतना मुलक कार्यक्रम क्रमस: संचालन गरिदै जाने जानकारी गराए।माईकिङ गर्दै नगर स्वास्थ्य शाखाले काेराेना भाइरस के हाे? सर्न सक्ने संभावना, मानिसमा गर्न स्कने असर, भाइरसका लक्षणहरु, सम्भाबित जाेखिमका बारेमा जानकारी गराउदै खाेक्दा वा हाछिउ गर्दा रुमालले मुख छाेप्न,भिडभाडमा नजान र सरसफाईमा ध्यान दिन पनि आग्रह गरेकाे छ। आफू सचेत भएमा यशबाट वचन सकिने जानकारी गराउदै ज्वराे आएमा नजिकाे स्वास्थ्य संस्थामा गई चेकजाँच गर्नपनि सबैमा अनुराेध गरेकाे छ।नगर स्वास्थ्य शाखा प्रमुख भट्टराईले केहिदिन भित्रैमा सबै वडामा पर्चा पम्प्लेट टाँस तथा बितरण गरिनुका साथै नगरपालिका भित्र माक्स बितरण गरिने जानकारी गराए।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  १ : ४३ बजे