१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ईलाका प्रशासन कार्यालय गाैरीगंजकाे भवन शिलान्यास, एक बर्षमा तीन तल्ले भवन बनाईसक्ने



गौरीगंज ५, साउन/ ईलाका प्रशासन कार्यलय गौरीगंजकाे भवन निर्माण हुने भएकाे छ ।
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले अाज विहिवार संयुक्तरूपमा उत्त भवनकाे शिलान्यास गरेका छन् । धार्मिक विधिअनुसार पण्डितद्वारा मन्त्राेउच्चरण गरि गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा निर्माण हुन लागेकाे उत्त भवनका लागि गाैरीगंज गाउँपालिकाका पुर्व अध्यक्ष बाबुराजा श्रेष्ठ, उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष तथा पुर्व वडा नं. ३ का अध्यक्ष मखना महत्ताे, व्यवसायी केशब अग्रवाल र महेश्वर कार्कीले २ कठ्ठा १० धुर जग्गा निःशुल्क प्रदान गरेका थिए।

भवन शिलान्यास पछि कार्यक्रममा प्र.जि.अ. रिजालले कार्यलय भवन निर्माण सम्पन्न भएपछि प्रशासन कार्यलयबाट नागरिकलाई दिइने सेवामा सहजता आउने बताएका थिए। भवन निर्माण गर्ने क्रममा भवनकाे सानाे – सानाे पनि कुरा महत्व दिएर निर्माण गर्नु पर्ने सुझाव दिएका थिए ।

गौरीगंजमा ईलाका प्रशासन कार्यलयकाे भवन निर्माणका लागि २०७२ सालमा गौरीगंजमा ईलाका प्रशासन कार्यलय स्थापना भएपनि आफ्नो भवन नहुँदा घर भाडामा लिई सेवा दिदै आएकाे थियाे।
भवन निर्माणका लागि प्रबिण निर्माण सेवाले जिम्मा पाएकाे छ। निर्माण कम्पनीका अनुसार ३ तल्ला भवनमा हलसहित प्रशासन शाखा, कम्प्युटर शाखा, प्रमुखकाे कक्ष, अावासिय काेठा समेत रहने ईन्जिनियर भुपेन्द्र यादवले जानकारी गराए ।
प्रत्येक तलामा १२ काेठा रहने जनाएको छ। उत्त भवन ३ कराेड २२ लाख ७९ हजार ८ सय २४ रूपैयाँ ४४ पैसामा प्रवीण निर्माण सेवा कम्पनीले ठेक्का लिएकाे हाे ।
सघन सहरी बिकाश तथा भवन निर्माण आयाेजना मार्फत ठेक्का लागेकाे भवन २०८० साल असार १६ गते भित्रमा निर्माण सम्पन्न गरिने निर्माण कम्पनीका प्राे. प्रकाश केसीले बताएका छन।
शिलान्यास कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चाेमेन्द्र न्यौपाने,ईलाका प्रशासन कार्यलय दमकका प्रमुख सूर्यमान बानिया, गौरादह नगरपालिका उपप्रमुख जलवर्षा राजवंशी, गौरीगंज गाउँपालिका उपप्रमुख पुजन न्यौपाने कुवर लगायतले शुभकामना मन्तब्य राखेकाे कार्यक्रममा ईलाका प्रशासन कार्यलय गौरीगंजका प्रमुख चुडामणि आँपागाईले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा गाैरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराई, गाैरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण कार्की, गाैरीगंज गाउँपालिकाका वार्ड अध्यक्ष श्रवण गिरीलगायतकाे सहभागी थियाे ।।
ईलाका प्रशासन कार्यालय गाैरीगंजले अार्थिक वर्ष २०७८/०७९ मा २६०३ नयाँ नागरिकतन प्रमाणपत्र वितरण, ९६ जनालाई वैवाहिक अंगिकृत नागरिकता, १७०७ नागरिकता प्रतिलिपि, ४७ नावालक परिचय पत्र, कार्यालयबाट १४२० जना लाई राहदानी वितरण र द्रुत सेवाबाट ४१७ जनालाई राहदानी वितरण गरेकाे ईलाका प्रशासन कार्यालय गाैरीगंजका चुडामणीले जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  १० : २४ बजे