१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हिंसा पिडित ७ जना महिलालाई गौरीगंज गाउँपालिकाले गर्यो नगदसहित सम्मान




गौरीगंज २५, फागुन / शुक्रबार ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ। विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ।

महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ। यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो। यसैअवसरमा गौरीगंज गाउँपालिकाले ७ जना हिंसापिडित महिलाहरुलाई नगदसहित सम्मान गरेको छ । गौरीगंज गाउँपालिकाले नेवार्नी कोच, फुलमनी मुर्मु, रेखा राजवंशी,उषा हजाम, इन्दरा ठाकुर, संगीता देवी यादव, सोगेरा खातुनलाई जनही नगद रु ५ हजार रुपैयाँले सम्मान गरेको छ । स–साना व्यवसाय गरी आफ्नो गुजारा चलाउने उद्येश्यले नगदसहित सम्मान गरेको बुझिएको छ । महिलामा लगानी, सभ्य र सम्मुन्नत समाजको थालनी भन्ने नारा तय गरिएको कार्यक्रमका सहआयोजक लुथरन वर्ड फेडेरेसन रहेको थियो । कार्यक्रममा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने, इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख चुडामणि आँपगाई, गौरीगंज गाउँपालिकाका पूर्व उपाध्यक्ष दिपिन्द्र थापा, सशस्त्र सिमा सूरक्षा वल गौरीगंजका डिएसपी विष्णुहरी घिमिरे, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक अरविन्द मेहता, वार्ड अध्यक्ष श्रवण गिरी, कार्यपालिका सदस्यहरु राधा अधिकारी, रेखा राजवंशी, वडा सदस्य शुसिल राईलगायतको सहभागिता थियो । कार्यालयका कर्मचारी निशा सिंहले सञ्चालन गरेको कार्यक्रमको स्वागत एसएनजेडीका प्रतिनिधि रिता दाहालले गरेकी थिएन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ७ : ०८ बजे