४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंज –६ मा रहेको कोटेश्वर शिवालय मन्दिर परिसरमा ११ फूट अग्लो हनुमानको मूर्ति अनावरण



गौरीगंज २५, फागुन / नेपाली कागं्रेस झापा जिल्ला सभापति देवमान थेबेले आज शुक्रबार हनुमानको मूर्ति अनावरण गरेका छन् । महाशिवरात्री पर्वको अवसर पारेर गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछीमा रहेको शिवालय मन्दिर परिसरमा निर्माण गरिएको हनुमानको मूर्ति अनावरण गरिएको हो । मन्दिरमा ११ फूट अग्लो हनुमानको मूर्ति स्थापना गरिएको हो

मूर्ति अनावरण गर्दै जिल्ला सभापति थेबेले ६ दशक पुरानो एवं ऐतिहासिक शिवालय मन्दिरलाई संरक्षण गर्न र धार्मीकस्थल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।अहिले धर्मका नाममा आरजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले सबै नेपालीले आफ्ना धर्म र संस्कृति संरक्षण गर्ने तर्फ केन्द्रित हुन आग्रह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जिल्ला सभापति थेवेले यस मन्दिर क्षेत्रलाई धार्मिक एवं पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेकोले सबै पक्षले लाग्नु पर्ने बताउर्दै पहिलो चरणमा डिपिआर बनाउन आग्रह गर्दै त्यसका लागि बजेटको व्यवस्थापनमा आफू लागि पर्ने प्रतिवद्वतासमेत जाहेर गरेका थिए । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले शिवालय मन्दिर ऐतिहासिक एवं पुरानो मन्दिर भएकोले यसको संरक्षण र सम्बद्वनमा सबैले साथ र सहयोग गर्नुपर्ने आग्रह गरिन् । उनले मन्दिर क्षेत्रलाई विकास गर्न विभिन्न मूर्तिसंगै भौतिक संरचनाहूरु निर्माण गर्दै गरेको र हाललाई मन्दिरको पूर्व भागमा छटघाट, शिवजीको मूति, वैष्णोदेवीको मूर्ति निर्माण भइरहेको जानकारी दिइन ।

मन्दिरका महन्त श्री हेमानन्द गिरीले शिवालय मन्दिरलाई स्थानिय धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न र थप पहिचान दिलाउन हनुमान जीको मूर्ति स्थापन गरिएको बताइन् ।
महन्त श्री गिरीले यसअघि श्री कोटेश्वर गिरीको मुर्ति स्थापना गरिएको बताइन् ।
वि।सं। २०१६ साल फागुन १४ गते शिवरात्रीको दिनमा सिद्वगुरु श्री १०८ श्री महन्त वैजेश्वरनाथ गिरीको नाममा श्री महन्त कोटेश्वर गिरीले मन्दिरको निर्माण गरेका थिए । गौरीगंज गाउँपालिका वार्ड नं. २ कोरोबारीमा २७ विघा धानखेत र हाल मन्दिर रहेको करिब १८ कठ्ठा जग्गा रहेको छ । कार्यक्रममा नेपाली काग्रेस दमक नगर सभापति प्रकाश प्रसाई, महाधिवेशन प्रतिनिधि लक्ष्मी सुब्बा, गौरीगंज गाउँपालिका वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादवलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ६ : २४ बजे