३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

किन चलिरहेको छ कांग्रेसको पराजयको लहर?

काठमाडौं / नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा पराजयको लहर चलेको छ। मत गणनाका अहिलेसम्मका नतिजा अनुसार, यसका “सुविख्यात” र “सुनामधन्य” नेताका रुपमा रहेका धेरै व्यक्तित्वहरु धूलो चाट्दैछन्। पराजयको क्रममा को को नेता रहेका छन् त्यो टेलिभिजनहरुले देखाइरहेका छन्। अनलाइनहरुबाट पनि यसको राम्रो विश्लेषणात्मक प्रचार भइरहेको छ। चुनावी नतिजा वाम गठबन्धनको पक्षमा जाने स्पष्ट देखिएको छ।…