१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ओलीले कमजोर सम्झिएका खगेन्द्रले दिए टक्कर


२२ मंसिर २०७४, शुक्रबार  

0
Shares

Khagendra1

झापा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा नै कमजोर उम्मेदवार भनेर अभिव्यक्ति दिएका काँग्रेस उम्मेदवार खगेन्द्र अधिकारीले उनलाई टक्कर दिएका छन् । शुक्रबार अपराह्न आएको निर्वाचनको पहिलो प्रारम्भिक नतिजामा ओली भन्दा अधिकारी ५ सय मतान्तरले मात्रै पछाडि देखिएका छन् ।

बाम गठबन्धनको मत पाएका ओलीले १६ सय ६५ मत पाएका छन् भने काँग्रेसका अधिकारीले ११ सय ५१ मत पाएका छन् । चुनावको केही दिन अघि एमालेका अध्यक्ष ओलीले एक जना मास्टरसाप आफूसँग चुनाव लड्न आएको भन्दै आफूले त नचिनेको र उनको धेरै मत पनि नआउने अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार  १२ : १० बजे