१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेसको कोण सभा बिथोल्न खोज्दा झण्डै झडप


१६ मंसिर २०७४, शनिबार  

0
Shares

image 2
गौरीगंज १७, मंसिर / झापाको गौरीगंजस्थित खजुरगाछी बजारमा आयोजित नेपाली कांगे्रसको कोणसभालाई बिथोल्न खोज्दा आज झण्डै झडप भएको छ । नेपाली कांगे्रसको कोणसभा भइरहेका बेला नजिकै रहेको नेकपा एमालेका पार्टी कार्यालयमा राखिएको साउण्डबक्सबाट एमाले कार्यकर्ताहरुले चुनावी गीत बजाएपछि तनावको स्थिति सिर्जना भएको थियो । कांग्रेसको कोणसभालाई सम्बोधन गर्न नेपाली कांगे्रसका गौरादह नगर सभापति यादवराज सेढाईलाई माइक हस्तान्तरण गर्ने वित्तिकै एमालेका कार्यकर्ताहरुले चुनावी गीत बजाएको हो । कोणसभामा अवरोध पुरयाएपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले एमाले पार्टी कार्यालयतिर जादै गर्दा एमालेको कार्यकर्तासंग हात हालहालको स्थित सिर्जना भएको हो । नेपाली कांग्रेसका झापा निर्वाचन क्षेत्र ५ (क) का प्रदेश सभा उम्मेदवार अनिल कृष्ण प्रसाई कार्यक्रममा उपस्थित थिए । उनले नेपाली कांग्रेसको कोणसभा शौहार्दरुपमा भइरहेका बेला एमाले नेता तथा कार्यकर्ताहरुले एक्कासी चुनावी गीत बजाउनु अधिनायकबादको परकाष्ठ भएको प्रतिक्रिया दिए । लोकतान्त्र भनेको एक अर्काको सम्मान जनाउने पार्टी नै लोकतान्त्रिक हुने भएको हुदा यहा“ एमालेले देखाएको अलोकतान्त्रिक चरित्र उदांग भएको टिप्पणी गरे । कोण सभा नहुने भएपछि प्रदेश सभाका उम्मेदवार अनिलकृष्ण प्रसाईले हो हल्लाकै बीचमा आफ्नो मन्तव्य राखेर नेता कार्यकतासंंगै बजार परिक्रममा गरेका थिए । केही समय पश्चात नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारी, नेपाली कांग्रेसका महासमिति सदस्य कुमार रेग्मी, गौरादह नगरपालिका मेयर तथा नेपाली कांगे्रसका क्षेत्रिय अध्यक्ष रोहित कुमार साह,पुर्व क्षेत्रिय अध्यक्ष बीर बहादुर प्रसाई कार्यक्रममा पुगेका थिए । यता नेकपा एमालेले आफ्नो पुर्व निर्धारित कार्यक्रम अनुसार नै सांस्कृतिक कार्यक्रम राखिएको जनाइएको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय र नेकपा एमालेको पार्टी कार्यालय लगभग ५० मिटरको दुरीमा रहेको छ ।
image1

jhadap newss

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार  १२ : ३४ बजे